ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विष्णु पौडेल-देश ‘मल्टी अर्ग्यान फेलियर’को बाटोमा पुगिसक्यो


एबीसी न्यूज

काठमाडैं, २३ माघ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको अहिलेको परिस्थिति कहालीलाग्दो रहेको बताएका छन्। प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देशको हरेक क्षेत्र समस्यामा मात्रै होइन, गम्भीर समस्यामा परेको बताए।  ‘गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा र स्वार्थले गर्दा देश आज छियाछिया भएको छ’, पौडेलले भने।

पौडेलले अहिले देश मल्टी अर्ग्यान फेलियरको अवस्थामा पुगेको टिप्पणी गरे। ‘जता हेर्‍यो खराब छ, देशलाई यो ठाउँमा ल्याउने काम अहिलेको गठबन्धन सरकारले गरेको हो’, उनले भने।

शिक्षा, स्वास्थ्य, रोजगार, श्रम, अर्थतन्त्र सुशासन, कृषि, पर्यटन काहीँ पनि चित्त बुझाउने अवस्था नरहेको पौडेलले बताए।

यस विषयमा पत्रकारले अझ बुलन्द आवाज उठाउनु पर्ने अवस्था रहेको उनले प्रष्ट पारे। एमाले प्रतिपक्षमा रहेको नाताले एमालेले पनि यी आवाज सशक्त रूपमा उठाउने पौडेलले बताए।

अहिलेको सत्ताले प्रतिपक्षमाथि पूर्वाग्रहपूर्ण व्यवहार गरेकोले प्रतिपक्षका आवाजलाई उपेक्षा गरेको भन्दै उनले आलोचना गरे।

यस अर्थमा एमालेको आवाज र आन्दोलन थप सशक्त हुने उनले बताए। सदनमा प्रतिपक्षीले उठाएको आवाज सुनुवाइ नभए सडकबाट पनि सशक्त दबाब दिने अवस्था आउने पौडेलले चेतावनी दिए।

अहिले साधारण खर्च धान्ने राजश्व समेत सरकारले उठाउन नसकेको पौडेलले बताए। अन्तराष्ट्रिय सहयोग र अनुदानमा गिरावट आएकोले देश टाट पल्टने अवस्थामा पुगेको भन्दै पौडेलले चिन्ता व्यक्त गरे।

मुलुकको अर्थतन्त्रको समस्या समाधान त परै जाओस् अहिलेको सरकारले अर्थतन्त्रको समस्या समेत बुझ्न नसकेको पौडेलले बताए।

जनता र राष्ट्रका माग सम्बोधन गराउन अब सशक्त जनदबाब आवश्यक रहेको पौडेलको धारणा छ । ‘जनताको आवाज सुन्नै पर्ने दबाब सिर्जना गर्न हामी जनताको बिचमा जाने छौँ’, उनले भने।

प्रेस स्वतन्त्रता, मानवअधिकार र जनअधिकारको पक्षमा सशक्त जनमत सिर्जना गर्नुपर्ने पौडेलले बताए। त्यसको लागि सञ्चार क्षेत्रले एमालले साथ दिनु पर्ने उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com