काठमाडैं, २३ माघ । काठमाडौँको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एकजना पुरुषको ज्यान गएको छ। काठमाडौं महानगरपालिका(९ सिनामंगलस्थित सडकमा मधेस प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट उदयपुर घर भएका ३५ वर्षीय दीपक राईको सोमबार बेलुकी मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। घटनापछि एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस्