ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेस चौतारीले मनायो २६औं स्थापना दिवस, ६ पत्रकार पुरस्कृत


एबीसी न्यूज

काठमाडौं, २३ माघ । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस राजधानी लगायत विभिन्न जिल्लाका विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

स्थापना दिवसको अवसरमा  काठमाडौंमा आयोजित बिशेष कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले ६ जना पत्रकारलाई पुरस्कार प्रदान गरेका छन्। प्रेस चौतारीले यस बर्ष ६ जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा यस वर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार अन्नपुर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारीलाई प्रदान गरिएको छ । यस्तै अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार प्रेस चौतारीका पूर्वबरिष्ठ उपाध्यक्ष एवं जनप्रशासन डटकम र जनप्रशासन पाक्षिकका प्रधान सम्पादक माधव नेपाललाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशी ३५ हजार ३५ रुपैयाँ रहेको प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार जनताटाइम्स डटकमकी सम्पादक यसिमा महतलाई प्रदान गरिएको छ । पुरस्कारको राशी २० हजार २० रुपैयाँ रहेको छ । यसैगरी वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार अन्नपुर्ण पोष्टका रौतहट समाचारदाता फणिदेव महत डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर सम्वाददाता रुकुमपूर्व निवासी महेश केसी र सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेकी काजल तामाङलाई प्रदान गरिएको छ । यी तीनवटै पुरस्कारको राशी २० हजार २० रुपैयाँ रहेको छ ।

बरिष्ठ पत्रकार गोबिन्द पोखरेलको संयोजकत्वमा चौतारीका महासचिव हिरामान लामा र सचिव हरिबल्लभ नेपाल रहेको सिफारिश समितिले पुरस्कृत पत्रकारको नाम छनोट गरी सिफारिश गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि एमाले उपाध्यक्ष पौडेलसहित एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पुरस्कृत पत्रकारहरुलाई सम्मानपत्र, माला र चेक हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com