ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायात व्यवसायमा करिब रु चार खर्बको लगानी


admin
फाल्गुन ४, २०७४ शुक्रबार   ७ : ४०   बजे

काठमाडौँ, ४ फागुन । मुलुकमा यातायात व्यवसायको क्षेत्रमा करिब रु चार खर्बबराबरको लगानी भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पदस्थापन समारोहमा यहाँ आज आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको यातायात क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत शंकरप्रसाद सुवेदी, निवर्तमान कावा अध्यक्ष डोलनाथ खनालले अव्यवस्थित यातायात क्षेत्रलाई व्यवस्थित प्रविधियुक्त बनाउनुपर्ने तथा व्यवसायी क्षेत्रको हकहितका लागि वर्तमान कार्यसमितिले सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

गत माघ १७ देखि १९ गतेसम्म चितवनमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनबाट कर्माचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

जसको वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर, दीपक अधिकारी, हरिशरण केसी, उपाध्यक्ष पुष्पा श्रेष्ठ, ऐनकुमार शाही, जीतबहादुर भारती, सानुकाजी प्रजापति, रामप्रसाद सुवेदी, प्रभुप्रसाद कलवार, कृष्णप्रसाद सुवेदी, यादवलाल श्रेष्ठ र महासचिव पुन्यप्रसाद सिटौला निर्वाचित हुनुभएको थियो ।

यसैगरी उपमहासचिवमा डेकनाथ गौतम र वसन्त भण्डारी, सचिवमा सुरेन्द्र सिटौला र रवि रिमाल, कोषाध्यक्ष किरणकुमार खड्का र सहकोषाध्यक्षमा डम्बरराज पन्त निर्वाचित हुनुभएको थियो ।

यसैगरी विभिन्न वर्गीय संयोजक, प्रदेश संयोजक, केन्द्रीय सदस्य गरी ८३ कार्यसमिति निर्वाचित भएको छ ।

विसं २०३६ साउनमा स्थापित महासंघअन्तर्गत अहिले २० लाख जनताले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

साझा समृद्धिका लागि नेपालसँग नजिकबाट सहकार्य गर्न तयार छौं : प्रधानमन्त्री मोदी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group