काठमाडौं, २२ माघ । मोरङको बुढीगंगा गाउँपालिका(२ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालले ‘विराट क्यान्सर इन्ष्टिच्युट’ सञ्चालनमा ल्याएको छ ।
करिब चार अर्ब लागतमा एक सय बेडको क्यान्सर ईन्स्टिच्युट सञ्चालनमा ल्याएको हो । रेवन्त(रूपमणी फाउन्डेसनबाट सञ्चालित इन्स्टिच्युटको क्यान्सर दिवसको अवसर पारेर कांग्रेस नेता डाक्टर शेखर कोइरालाले उद्घाटन गरे ।
विराट मेडिकल कलेजका १२ सय शैय्यामध्ये १०० शैय्या क्यान्सर रोग विभागको लागि छुटयाएको विराटका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए ।
रेवन्त–रूपमणी फाउन्डेसनबाट सञ्चालित विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार सस्तो मूल्यमा गर्ने कार्कीको दाबी छ ।
क्यान्सरको उपचार र शल्यक्रियाका लागि आधुनिक प्रविधिको रेडिएसन पद्दतिद्वारा क्यान्सरको उपचार गर्ने उनले बताए ।
क्यान्सरका बिरामी चितवन र विदेश जान नपर्ने डा कार्कीको भनाइ छ ।
इन्स्टिच्युटले रेडिएसन थेरापी, मेडिकल अंकोलोजी, किमोथेरापी टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी, सर्जिकल अंकोलोजी ९महिला, पुरुष तथा बालबालिका०, रेडियो–डाइग्नोसिस, इन्टरभेन्सनल रेडियोलोजी, स्टेरियोट्याक्टीक म्यामोग्राफी, प्रिभेन्टीभ अन्कोलोजी सेवा सञ्चालन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्