ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पञ्जाव नेसनल बैंक घोटालाकाण्ड, कुनै समय पापड बेच्थ्यो अर्बपतिको परिवार


admin
फाल्गुन ४, २०७४ शुक्रबार  ७ : ११ बजे


काठमाडौं, ४ फागुन । भारतको बैंकिङ इन्डस्ट्रीको सबभन्दा ठूलो घोटालामा मुछिएको छ नीरव मोदी परिवार । सीबीआईले घोटालामा मोदीको संलग्नता भएको पाएपछि लुक आउट नोटिस जारी गरेको छ ।

कुल ११ हजार ५०० करोड भारु सम्पत्तिको मालिक, हीरा व्यापारी नीरवको हजुरबुवा हजुरआमाले कुनै समय गुजरातमा पापड बेच्ने गर्थे ।

अहिले यो परिवार दशवटा देशमा हीराको व्यापार गर्छ ।

पञ्जाब नेसनल बैंकमा लगभग ११ हजार करोड भारुको धोकाधडीको खुलासा हुनुअघि नै नीरवको परिवारले देश छोडिसकेको छ । सूत्रहरूका अनुसार, नीरव बेल्जियममा भाइसँग बस्छन् ।

भारतको प्रवर्तन निर्देशनालयले १४ फेब्रुअरीमा बैंक फ्रडको सिलसिलामा नीरव र उनका नातेदारहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको छ । बिहीवार अनेकौं ठाउँमा छापा मारिएको छ ।

प्रवर्तन निर्देशनालयले नीरव मोदी र मेहुल चौकसीको १७ वटा पसलमा छापा मा–यो । छापा मारिँदा ५१ सय करोड भारुबराबरको हीरा र सुन बरामद भयो । ६ वटा ठाउँ सील पनि गरियो । ती ठाउँमा रहेका जग्गाको भाउ अनि बहुमूल्य सामानको भ्यालुएसन शुरू भएको छ ।

निर्देशनालयले विदेश मन्त्रालयलाई नीरव, उनकी पत्नी अमी र मेहुल चौकसीको पासपोर्ट रद्द गर्न भनेको छ । तर नीरव र उनको परिवारले जनवरीको पहिलो हप्तामा नै देश छोडेका थिए । सीबीआईले सबैका विरुद्ध ३१ ज्नवरीमा लूकआउट नोटिस जारी ग–यो ।

नीरव मोदी गुजरातको पालनपुरका मूल निवासी हुन् । उनका पिता पीयूष बेल्जियममा स्थायी बसोवास गर्न थालेका थिए । पालनपुरमा नीरवका हजुरबुवा किराना पस चलाउँथे । हजुरआमा पापड बेच्थिन् ।

अहिले भारत र अन्य देशमा गरी नीरव मोदीका नौवटा बुटिक छन् । उनी १० देशमा २६ सब्सिडियरीमार्फत व्यापार गर्छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com