ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्डोनेसियाको राजधानी सार्ने महत्वाकांक्षी योजना कति काम सकियो ? कति बाँकी ?


एबीसी न्यूज
माघ २१, २०८० आईतबार  ४ : ४९ बजे

काठमाडौं, २१ माघ । इन्डोनेशियाको राजधानीलाई जाकार्ताबाट नुसन्तारामा सार्ने महात्वाकांक्षी योजना अन्तर्गतका काममा ढिलाइ भएको छ । सन् २०२४ मा राजधानी सारिसक्ने निर्णय सरकारले गरे पनि काम पूरा नहुने संकेत देखिएको छ ।

राष्ट्रपति जोको बिडोडोले राजधानी सार्ने घोषणा सन् २०१९ मै गरेका थिए । त्यसका लागि सन् २०२२ मा एक कानुन पारित गरिएको थियो । त्यसपछि भौतिक पूर्वाधार निर्माणका काम जारी छ । यसबीचमा राष्ट्रपति चुनाव नजिकिएको र निर्माणका धेरै काम बाँकी नै भएकाले सन् २०२४ मा राजधानी सार्ने काम सकिनेमा शंका छ ।

इन्डोनेसियाको राष्ट्रिय अनुसन्धान केन्द्रका राजनीति शास्त्र विभाग प्रमुख डाक्टर अतिका नूर अलामीका अनुसार सन् १९४५ देखि जाकार्ता देशको राजधानी बनेको हो । त्यतिबेलादेखि नै राजधानी सार्ने बहस सुरु भएको थियो । यो बहस चलेको आठ दशक भइसकेको छ ।

उनले बीबीसीलाई बताएअनुसार इन्डोनेसियाका पहिलो राष्ट्रपति डाक्टर सुकर्णोको पालादेखि नै राजधानी सार्ने चर्चा सुरु भएको थियो । राष्ट्रपति सुकर्णोले पलंगकराया शहरमा राजधानी सार्ने सम्भावनाबारे सोचेका थिए । उनीपछि राष्ट्रपति सुहार्तोले जाकार्ताकै नजिक राजधानीका लागि नयाँ शहर बसाउन चाहन्थे । सन् २०१९ मा भने राष्ट्रपति बिडोडोले राजधानी सार्ने औपचारिक घोषणा नै गरे ।

 

किन सार्न थालियो राजधानी

६६१।२३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको जाकार्तामा एक करोड १० लाखभन्दा बढी मानिसहरुको बसोबास रहेको बीबीसीले जनाएको छ । जाभा द्वीपमा पर्ने जाकार्ता विश्वकै बढी जनघनत्व भएको शहरहरुमध्ये एक हो । यहाँ ट्राफिक जाम, वायु र जल प्रदूषण जस्ता पर्यावरणीय समस्या छन् । नदीको पानी प्रदूषित छ भने मानिसहरुमा बिरामीको दर बढेको छ । समुद्रको जलस्तर बढ्दै जाँदा बाढी र डुबानको समस्या पनि छ ।

बीबीसीका अनुसार समुद्रको जलस्तर बढेकाले जाकार्ता हरेक वर्ष १७ सेन्टिमिटर डुब्दै गएको छ जुन अत्यन्त चिन्ताजनक छ ।

त्यसैले इन्डोनेसियाको राष्ट्रिय अनुसन्धान केन्द्रका राजनीति शास्त्र विभाग प्रमुख डाक्टर अतिका नूर अलामी भन्छन्, ‘जाकार्ताबाट राजधानी सार्ने निर्णय सही छ । किनभने जाकार्तामा बोझ बढी भइसकेको छ ।’

 

नयाँ राजधानी बसाउन लागिएको नुसन्ताराको क्षेत्रफल जाकार्ताकोभन्दा बढी छ । नुसन्तारा २ हजार ५६१ वर्गकिलोमिटरमा फैलिएको छ । पूर्वी कालिमन्तान क्षेत्रको बोर्नियो द्वीपमा पर्ने नुसन्तारा जाकार्ताबाट करिब दुई हजार किलोमिटर टाढा छ ।

त्यहाँ व्यवस्थित राजधानी शहर बसाउन ३५ अर्ब डलर खर्च हुने अनुमान छ । यो महात्वाकांक्षी योजनालाई ‘गोल्डेन इन्डोनेसिया २०४५’ नाम दिइएको छ । किनभने राष्ट्रपति बिडोडोले सन् २०४५ भित्र इन्डोनेसियालाई विश्वको पाँचौं ठूलो अर्थव्यवस्था भएको देश बनाउने उद्देश्य लिएका छन् ।

अन्य द्वीपमा पनि आर्थिक गतिविधि बढोस् र विकास पनि होस् भन्ने चाहना सरकारको छ । त्यसैले राष्ट्रपति बिडोडोले जाकार्ताबाट राजधानी सार्ने निर्णय गरेको बीबीसीले जनाएको छ । यसबाट जाभा द्वीप केन्द्रित सोच हट्ने छ ।

राजधानी बसाउन पाँच चरणका काम

नयाँ राजधानी शहर बसाउनका लागि ३५ अर्ब डलर खर्च हुने अनुमान छ । त्यसमा इन्डोनेसिया सरकारको लगानी १९ प्रतिशत हुने छ । बाँकी रकम विदेशी सहयोगबाट जुटाइने छ ।

नुसन्तारा पनि प्रायद्वीप भएकाले बाढी र डुबानको जोखिम छ । त्यसैले शहर निर्माणको क्रममा सबैभन्दा पहिले यहाँ बाँध बनाउने कामलाई प्राथमिकता दिइएको छ ।

शहर सार्ने योजना पाँच चरणमा पूरा गर्ने लक्ष्य छ । पहिलो चरणको पाँच वर्ष सन् २०२४ मा समाप्त हुने छ । यो चरणमा राष्ट्रपति निवासदेखि प्रमुख सरकारी कार्यालय, प्रशासनिक कार्यालय, अस्पताल र राजधानीमा काम गर्नेहरुका लागि आवासीय भवन बनाउने काम जारी छ । विमानस्थल र राष्ट्रिय राजमार्ग पनि बन्ने क्रममा छन् ।

यो कामका लागि करिब दुई लाख श्रमिकलाई खटाइएको र ४० प्रतिशत काम पूरा भएको बीबीसीले जनाएको छ ।

पहिलो चरणको बाँकी काम आगामी वर्षको अन्त्यतिर सकिने अनुमान गरिएको इण्डोनेसियाको ब्राविजया युनिभर्सिटीका शहरी तथा क्षेत्रीय योजना विभागका सहायक प्रोफेसर दिमास विष्णु अद्रियान्तेले बताएका छन् ।

 

आगामी चरणमा यातायात सन्जाल, स्वास्थ्य र शिक्षासँग सम्बन्धित काम हुनेछन् । अन्तिम चरण सन् २०४० देखि २०४५ सम्म हुने छ । यस चरणमा आवासीय क्षेत्रलाई विस्तार गरिने छ ।

सहायक प्रोफेसर दिमास विष्णु अद्रियान्तेका अनुसार सन् २०४५ सम्म २० लाख मानिस बस्न मिल्ने व्यवस्था भइसक्ने छ । मानिसहरुलाई नयाँ राजधानी शहरमा बसाउने काम धेरै चरण हुनेछन् । सबैभन्दा पहिले मन्त्रालयका कर्मचारीहरु आउने छन् । सन् २०३० देखि २०३५ को बीचमा सरकारी कर्मचारीका अलावा अन्य अनौपचारिक क्षेत्रमा काम गर्नेहरु पनि बस्न थाल्नेछन् ।

यसबीचमा विभिन्न कानुनहरु बनाउने काम पनि जारी रहने छ । किनभने राजधानी स्थानान्तरण गर्नुअघि जाकार्तालाई विशेष आर्थिक क्षेत्रको दर्जा दिइने छ ।

राजधानी सारेका ८ देश र इन्डोनेसियाका चुनौती

बीबीसीका अनुसार इन्डोनेसियाभन्दा अगाडि विश्वका आठ देशले केन्द्रीय राजधानी सारेका छन् । सबैभन्दा पहिले रुसले सन् १९१८ मा राजधानी सारेको थियो ।

त्यसपछि पाकिस्तान, ब्राजिल, आइभरीकोष्ट, नाइजेरिया, तान्जानिया, कजाकिस्तान र म्यानमारले राजधानी सारेका छन् । पछिल्लोपटक सन् २००५ मा म्यानमारले याङ्गुन ९रङ्गुन० बाट बर्मामा राजधानी सारेको थियो । अब इन्डोनेसियाले पनि राजधानी सारेमा ऊ नवौं देश बन्ने छ ।

राजधानी सार्ने क्रममा इन्डोनेसियाका लागि ब्राजिलको उदाहरण महत्वपूर्ण मानिएको छ । किनभने रियो दि जेनेरियो र ब्राजिलबीच जति दुरी छ । त्यस्तै दुरी जाकार्ता र नुसन्ताराबीच छ ।

 

‘तर नुसन्तारा अधिक चुनौतीपूर्ण छ । किनभने जाकार्ता र नुसन्ताराबीचमा समुद्र छ,’ सहायक प्रोफेसर दिमास विष्णु अद्रियान्तोले बीबीसीसँग भनेका छन्, त्यसैले मानिसहरुलाई नुसन्तारामा ल्याएर बसाउन कयौं चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।’

राजधानी सार्दाका विभिन्न चुनौतीहरुमध्ये सँस्कृतिको स्थानान्तरण पनि एक हो । ‘जाकार्ताको सँस्कृतिलाई नुसन्तारा कसरी ल्याउने रु नुसन्ताराको तुलनामा जाकार्ताको सँस्कृति धेरै आधुनिक छ, त्यसैले नुसन्ताराका बासिन्दालाई राजी गराउनु भविष्यमा एक ठूलो चुनौती हुने छ ।’ बीबीसी हिन्दीबाट

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

राजविराजको ‘चामत्कारिक माला’ घटना: मिडियाको दिग्भ्रमित सर्कस र तथ्यको पोस्टमार्टम

टस इटालीको पक्षमा, वानखेडेमा पहिले ब्याटिङ गर्दै नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com