ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वर्णिम वाग्ले- खराब कानुनहरुका विरुद्ध संसदमा आक्रामक हुन्छौं


एबीसी न्यूज

काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सोमबारदेखि सुरु हुने संघीय संसदको बैठकमा खराब कानुनहरु विरुद्ध पार्टी आक्रामक रुपमा प्रस्तुत हुने बताएका छन् ।

संघीय संसदको हिउँदे अधिवेशन सोमबार सुरु हुँदैछ । आइतबार सिन्धुपाल्चोकको मेलम्ची बजारमा मेलम्ची आयोजनाको दबाब यात्राको उद्घाटन कार्यक्रममा सांसदले भने, ‘भोलिदेखि संसद सुरु हुँदैछ । त्यहाँ हामीले एउटा ठूलो तयारीका साथ खराब कानुनहरुका विरुद्ध जेहाद नै छेड्ने तयारी गरिरहेका छौं ।’

संसदमा प्रभावकारी हुनका लागि शुक्रबार लामो बैठक बसेको उनले सुनाए । वडा, पालिका, प्रदेशमा रास्वपाका जनप्रतिनिधि नभएको र संघमा सरकार बाहिर रहँदा समेत रास्वपाका सांसद नै बुलन्द रहेको उनले दाबी गरे । ‘हाम्रो उपस्थिति भनेको संसदको त्यही २० सांसदहरुले आवाज उठाइरहेका छौं’, वाग्लेले भने, ‘जनताका मुद्धाहरु उठाइरहेका छौं । सरकारलाई जवाफदेही बनाइरहेका छौं । मन्त्रीहरुलाई र्‍याखर्‍याक्ती पारिरहेका छौं ।’

संघ र प्रदेश गरी ८८४ सांसद रहेकामा सबैभन्दा सुनिने सांसद रास्वपाका २० जना रहेको वाग्लेले दाबी गरे ।

संसदीय फाँटबाट गरिरहेको लडाइँ अब सडकमा पनि उतार्ने तयारी पार्टीले गरिरहेको उनले सुनाए । सडकको दबाब यात्राले जनतालाई दुख नदिई शान्तिपूर्ण हुने उपसभापति वाग्लेले बताए । ‘कसैको क्षति हानी नहुने गरी शान्तिपूर्ण रुपले दबाब दिने नयाँ अभ्यास सुरु गरेका छौं’, वाग्लेले भने ।

रास्वपाले संसदमा थप प्रभावकारी हुन सांसदलाई सुझाव सल्लाह दिन दुई उपसभापति डोलप्रसाद अर्याल र वाग्लेलाई जिम्मेवारी दिएको छ । सदनबाट राजनीतिलाई हेर्ने दृष्टिकोणका बारेमा सांसदहरुलाई प्रशिक्षित गर्ने जिम्मेवारी उपसभापति वाग्लेले पाएका छन् ।

आइतबार विहानबाट रास्वपाले मेलम्चीबाट दबाब यात्रा सुरु गरेको छ । दबाब यात्रा २१ चैतसम्म हुने रास्वपाले जनाएको छ । २१ आयोजनाका लागि दबाब यात्राको अगुवाइ गर्न २१ नेतालाई तोकिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com