ललितपुर, २० माघ । ललितपुरको कुसुन्ती हाइटमा अवस्थित केयर एण्ड क्युर मल्टी स्पेसलिटी (सि एण्ड सि) हस्पीटलले ललितपुर महानगरपालिका वडा नं १४ संगको सहकार्यमा नखिपोटमा घरदैलो स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । उक्त शिविरमा करीव ५० जना स्थानीय जनताको प्रेसर, सुगर परिक्षण गरिनुका साथै स्वास्थ्य शिक्षा समेत प्रदान गरिएको हस्पिटलकी नर्सिङ विभाग प्रमुख पुनम श्रेष्ठले जानकारी दिए।
स्थानीय जनताको घरदैलो मै पुगेर स्वास्थ्य शिविर संचालन गर्ने सो कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिईने अस्पतालले जनाएको छ । तपाईको स्वास्थ्य, हाम्रो चिन्ता भन्ने मुल नारालाई आत्मसात गर्दै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराईरहेको केयर एण्ड क्युर मल्टी स्पेसलिटी हस्पीटलमा चौविसै घण्टा एमरजेन्सी सेवा, ओपिडी सेवा, क्याविनसहितको हाई केयर युनिटलगायत संचालनमा रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्