ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यू १९ विश्वकप : नेपालले आज दिउँसो १ः४५ मा भारतसँग खेल्दै


एबीसी न्यूज

काठमाडौं, १९ माघ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ ।नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनल खेल्ने देखिन्छ ।नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । दक्षिण अफ्रिकामा नेपालको ब्याटिङ चल्न सकेको छैन ।अर्जुन कुमालले पहिलो खेलमा न्युजिल्यान्डसँग ९० रन बनाएका थिए ।

त्यसपछि पाकिस्तानसँग ६, अफगानिस्तानसँग १० र बंगलादेशसँग १४ रनमा आउट भएका थिए ।सिनियर टोलीबाट खेलेका गुलशन झाले चार खेलमा २, १, १८ र ३ रन बनाएका छन् । कप्तान देव खनालले न्युजिल्यान्डसँग ३६, पाकिस्तानसँग २३, अफगानिस्तानसँग ५८ र बंगलादेशसँग ३५ रन बनाएका थिए । देवले पाएको सुरुवातलाई ठूलो इनिङमा बदल्न आवश्यक देखिन्छ ।नेपालका अर्जुन, देव र गुलशन प्रमुख ब्याटर हुन् । यी तीनमध्ये एकले ठूलो इनिङ खेल्न आवश्यक पर्दछ ।पछिल्लो खेलमा मौका पाएका विशाल विक्रम केसीले ४८ रन बनाएका थिए । अन्य ब्याटरले पनि जिम्मेवारी लिन आवश्यक छ ।बंगलादेशविरुद्ध ५ विकेट लिएका स्पिनर सुभाष भण्डारीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै आएका छन् । आकाश चन्द, दुर्गेश गुप्ता र गुलशन तीव्र गतिका हुन् ।

पछिल्लो खेलबाट विपिन रावललाई बेन्चमा राख्दै उत्तम थापामगरलाई नेपालले आजको खेलमा मौका दिनसक्छ ।भारतका मुशिर खान प्रमुख हतियार हुन् । उनले यस विश्वकपमा आयरल्यान्डसँग ११८, अमेरिकासँग ७३ र न्युजिल्यान्डसँग १३१ रन बनाएका छन् । उनले स्पिन बलिङका साथ ७ विकेट लिएका छन् ।कप्तान उदय शहारान र आशिन कुलकर्णी पनि राम्रो ब्याटर हुन् । गत डिसेम्बरमा एसिया कपमा नेपाललाई ५२ रनमा अल आउट गर्न भारतका तीव्र गतिका बलर राज लिम्बानीले एक्लै ७ विकेट लिएका थिए । उनीबाट पनि नेपाल जोखिनु पर्ने हुन्छ ।

विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएको छ । दुबै खेलमा नेपालले हारेको छ । नेपाल सन् २००० मा ८ विकेट र २०१६ मा ७ विकेटले पराजित भएको थियो । नेपालले आफ्नो इतिहासमा भारतलाई एक पटक मात्रै हराएको छ । दीपेन्द्रसिंह ऐरीको ८८ रन र ४ विकेटको सहयोगमा नेपालले २०१७ को यू–१९ एसिया कपमा भारतलाई १९ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com