ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री डा महत-निर्यातका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ


एबीसी न्यूज

काठमाडौं १८ माघ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

निर्यात व्यवसायी महासङ्घ नेपाल फिनको स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहमा अर्थमन्त्री डा महतले नेपाली उत्पादन उच्च प्रविधियुक्तभन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिनुभयो । “निर्यात क्षेत्रको भविष्य निकै राम्रो छ । निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राखेको छ”, उहाँले भन्नुभयो, “नियार्तका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ ।”

उहाँले भारतसँगको व्यापार सम्झौताबाट फाइदा लिन छाडेर साफ्टाको विषय उठाउन आवश्यक नरहेको धारणा राख्नुभयो । उहाँले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।

“निर्यात व्यवसायीहरूको समर्पण र परिश्रमले विश्वबजारमा नेपाली उत्पादनको बजार माग बढाउन र मुलुकको निर्यात क्षमता विस्तारमा योगदान रहँदै आएको छ”, उहाँले भन्नुभयो । मन्त्री महतले फिनले उठान गरेका जायज माग देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसकिएको र निकट भविष्यमा निर्यातकर्तालाई सहुलियत उपलव्ध गराइने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

वार्षिकोत्सवका अवसरमा महासङ्घले उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरेको छ भने निर्यात बुलेटिन २०८० का अतिथि सम्पादक सरोज ओझा र कथा नेपाललाई कदरपत्रबाट सम्मान गरिएको छ ।
(((

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com