ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले नेपाललाई दिने अनुदान १०० करोडले बृद्धि


एबीसी न्यूज

काठमाडौं १८ माघ । भारतले नेपाललाई दिने अनुदान रकममा १०० करोड भारतीय रुपैयाँ बढाएको छ । बिहीबार भारतीय संसद्‍मा अर्थमन्त्री निर्मला सीतारमणले पेस गरेको अन्तरिम बजेटमा नेपाललाई दिइने अनुदान बढाइएको उल्लेख छ ।

यसअघि गत वर्ष फेब्रुअरी १ मा प्रस्तुत २०२३र२०२४ को बजेटमा नेपाललाई ५५० करोड भारतीय रुपैयाँ अर्थात ८ अर्ब ८० करोड नेपाली रुपैयाँ अनुदान सहयोग गर्ने उल्लेख थियो । बिहीबार प्रस्तुत बजेटमा उक्त रकमलाई परिमार्जन गर्दै ६५० करोड भारु अर्थात १० अर्ब ४३ करोड नेपाली रुपैयाँ पुर्‍याइएको हो ।

दक्षिण एसियाली मुलुकहरूमा भारतले सबैभन्दा बढी मालदिभ्सलाई अनुदान सहयोग गर्ने भएको छ । २०२३र२०२४ का लागि भारतले मालदिभ्सलाई ७७० करोड भारु अनुदान दिने भएको छ । यसअघि प्रस्तुत गरिएको बजेटमा भने मालदिभ्सलाई ४०० करोड भारु अनुदान दिने उल्लेख थियो । बिहीबार पेस गरिएको बजेटमा उक्त रकमलाई परिमार्जन गर्दै ३७० करोड भारु बढाइएको हो ।

त्यस्तै भुटानलाई दिने अनुदान रकम घटाएर भारतले ऋण भने बढाएको छ । यसअघि १ हजार ६ सय ३२ करोड अनुदान र ७ सय ६८ करोड ऋण दिने उल्लेख भएकोमा बिहीबार उक्त रकमलाई परिमार्जन गर्दै अनुदान ७ सय ८४ करोड र ऋण १ हजार ६ सय १४ करोड दिने उल्लेख गरिएको छ ।

भारतले श्रीलंकालाई दिने अनुदान रकम भने घटाएको छ । यसअघि १५० करोड भारु अनुदान दिने अनुमान पेस गरिए पनि बिहीबार पेस बजेटमा उक्त रकम घटाउँदै ६० करोडमा झारिएको छ । त्यस्तै अफगानिस्तानलाई दिने अनुदान र ऋणमा २०र२० करोड बढाएर २२०र२२० करोड भारु पुर्‍याइएको छ । त्यस्तै अर्को छिमेकी मुलुक बंगलादेशलाई दिने अनुदान रकममा पनि भारतले ७० करोड कटौती गरेको छ । बंगलादेशलाई भारतले १३० करोड भारु अनुदान दिने बजेटमा उल्लेख छ ।

अर्थमन्त्री सीतारमणले २०२४ को लोकसभा चुनावअघि संसद्‍मा अन्तरिम बजेट पेस गरेकी हुन् । उनले बजेट पेस गर्ने क्रममा भारतीय बजेट(२०२४ लाई ुभारतको भविष्यको बजेटु बताइन् । उनले आफ्नो सम्बोधनमा सन् २०४७ सम्ममा भारतलाई विकसित राष्ट्र बनाउने पनि जनाएकी छिन् ।

अर्थमन्त्री सीतारमणले सौर्य ऊर्जाअन्तर्गत १ करोड घर परिवारलाई ३०० युनिट बिजुली निस्शुल्क उपलब्ध गराउने उल्लेख गरेकी छिन् । त्यस्तै पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिकाहरूलाई खोप लगाउने पनि बजेटमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com