ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानीको चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम


एबीसी न्यूज

काठमाडौं १६ माघ ।   स्यापोरो वाटर वर्कस् ब्यूरो जापानको सहयोगमा प्यारो हरियो नेपाल र नेपाल खानेपानी संस्थान काठमाडौँको सहयोगमा आजदेखि पोखरामा दुई हप्ता समयावधिको खानेपानी चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम सुरु भएको छ ।

खानेपानी सेवा तथा व्यवस्थापन प्रणालीमा सुधारका लागि प्राविधिक सहयोग परियोजना अन्तर्गत भौतिक सुविधा विस्तारको साथै नेपाल खानेपानी संस्थान पोखरा शाखाको पानी वितरण प्रणालीलाई व्यवस्थित गरी शुद्ध खानेपानी वितरण गर्नका लागि प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ नेपाल खानेपानी संस्थानअन्तर्गतका इन्जिनियर र अन्य प्राविधिक कर्मचारी गरी १५ जनालाई तालिम दिन लागिएको हो ।
तालिमका लागि जापानबाट ११ जना विशेषज्ञको टोली माघ १४ मा नेपाल आई नेपाल खानेपानी संस्थानको केन्द्रीय कार्यालय र खानेपानी मन्त्रालयका उच्च पदाधिकारीसँग छलफल गरी पोखरा आएको हो ।
पोखरामा हुने तालिमका क्रममा मर्दीखोला ड्याम, नवनिर्मित पानी थिग्र्याउने प्रणाली र पुरनचौरस्थित मुख्य पानी शुद्धीकरण प्लान्ट, हेमजालगायत पोखराको विभिन्न स्थानमा रहेका पानी वितरण प्रणालीहरूको अध्ययन र जाँच गरी देखिएका समस्या समाधान गर्न सहयोग गरिने जनाइएको छ ।
तालिमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपाल खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले संयुक्त रुपमा उद्घाटन गर्नुुभयो । कार्यक्रममा महानगरपालिका प्रमुख धनराज आचार्यले महानगरपालिका क्षेत्रमा  स्वच्छ खानेपानी उपलब्ध गराउने विषय प्राथमिकतामा रहेको बताउनुभयो ।
नेपाल खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले तालिमले पानी वितरण प्रणालीलाई व्यवस्थित गरी शुद्ध खानेपानी वितरण गराउन महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गर्नुुभयो । आजदेखि सुरु तालिम आगामी माघ २९ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com