काठमाडौं, ४ फागुन । नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले केही दिन दिनभित्रै माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने बताउनुभएको छ ।
शुक्रबार एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले अबको दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र त्यसमा माओवादी केन्द्र पनि सहभागी हुने बताउनु भएको हो । उहाँले भन्नुभयो,‘एक दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ, माओवादी केन्द्र पनि सरकारमा सहभागी हुन्छ।’ उहाँले एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेकोले एकता पनि चाँडै नै घोषणा हुने बताउनुभयो ।
मन्त्री पण्डितले भन्नुभयो, ‘अहिले मन्त्रालयले लिएका नीतिहरु अध्ययन गर्न बाँकै नै छ, म विज्ञहरुसँग छलफल गर्छु, कार्यक्रमहरु बुझ्न बाँकी छ, त्यसैले म अहिले नै इतिश्री अभिव्यक्त गर्न सक्दिन् ।’
फरक प्रसँगमा उहाँले पार्टीभित्र सबै नेताहरुको उचित व्यवस्थापन हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेभित्र मात्रै होइन, अब त माओवादी पनि एउटै पार्टी हो, सबै नेता तथा कार्यकर्ताको उचित व्यवस्थापन हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्