ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैज्ञानिकको निष्कर्ष : च्याउको पनि दिमाग हुन्छ


एबीसी न्यूज
माघ १५, २०८० सोमबार  १२ : १३ बजे

एजेन्सी । बोटबिरुवामा पनि प्राण हुन्छ भन्ने कुरा त हामी सबैलाई थाहा छ । तर वनस्पतीहरूले कुराकानी पनि गर्न सक्दछन् भन्यो भने के तपाईंले पत्याउनुहुन्छ रु

वैज्ञानिकका अनुसार च्याउहरुले एकआपसमा मानिसले जस्तै कुराकानी गर्दछन् । च्याउले आफ्नो जरा अर्थात् माइसेलियमको माध्यमबाट आपसमा सञ्चार गर्दछन् ।

अनुसन्धानका क्रममा च्याउसँग आफ्नो मस्तिष्क हुने र महसुस गर्ने चेतना पनि हुने प्रमाणित भएको छ ।

युनिभर्सिटी अफ वेष्ट इंगल्याण्डका शोधकर्ताहरूका अनुसार च्याउले आफ्नो मस्तिष्कलाई तेज बनाउनका लागि मानिस जस्तै निरन्तर सक्रिय रहेको हुन्छ ।

त्यस्तै क्वीन्सल्याण्ड युनिभर्सिटीले च्याउका विषयमा गरेको पछिल्लो अनुसन्धान हालै जर्नल अफ न्युरोकेमिस्ट्रीमा छापिएको छ । जस अनुसार हेलेसियम रियासिअस नामक च्याउमा एउटा यस्तो प्रोटिन हुन्छ जसले स्नायुको विकासमा काम गर्दछ । उक्त प्रोटिनलाई न्युरोट्रोफिन्स भनिन्छ । उक्त प्रोटिनयुक्त च्याउको सेवनले मानिसको मस्तिष्क विकासमा समेत काम गर्ने वैज्ञानिकहरुको ठहर ।

न्युरोट्रोफिन्सले स्नायुहरुको स्वास्थ्य मजबुत राख्ने काम गर्दछ र त्यसको विकासमा भूमिका खेल्दछ । यो पदार्थ च्याउको जरामा पनि पाइन्छ र एक अर्कासँग जोडिएको हुन्छ । त्यहीँ नै त्यो लगातार विकास भैरहेको हुन्छ जुन प्रक्रियामा मानिससँग मिल्दोजुल्दो हुन्छ ।

मानिसको सरीरमा पनि न्युरोट्रोफिनले मस्तिष्कको विकासमा अहम भूमिका खेलेको हुन्छ । यसको एउटा विशेष प्रकारलाई ब्रेन डिराइभ्ड न्युरोट्रोफिक फ्याक्टर भनिन्छ जुन बोल्न, सम्झिन तथा निर्णय गर्नमा निकै आवश्यक हुन्छ ।

खान लायक च्याउका प्रजातिहरुमा रहेका प्रोटिनले लगातार न्युरोनको विकासमा भूमिका खेलिरहेका हुन्छन् । वैज्ञानिकहरुका अनुसार च्याउहरु करिब ५० शव्द बोल्न सक्दछन् ।

उनीहरुका हरेक शब्दको लम्बाइ झण्डै साढे पाँच अक्षरको हुन्छ । यद्यपि मानिसले दैनिक कुराकानीमा करिब २० शब्दको प्रयोग गरेको हुन्छ ।

च्याउमा विद्युतीय तरंगको माध्यमबाट ती शव्दहरु एकबाट अर्कोसम्म पुग्दछन् । त्यसकै सहयोगमा च्याउहरूले मौसमी खतराको बारेका कुराहरु एक अर्कासम्म पुर्‍याँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

टर्की संसद् रणमैदान : न्यायमन्त्रीको शपथअघि मुक्का हानाहान, सांसद घाइते (भिडियो र फोटो फिचरसहित)

थाइल्याण्डको चुनावले स्पष्ट सन्देश: सामाजिक सञ्जालको ट्रेन्ड नै मत परिणाम होइन

दक्षिण अफ्रिकाले डबल सुपर ओभर थ्रिलर जित्यो, वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हरायो

मस्कोको नयाँ रणनीति: राज्य-नियन्त्रित ‘म्याक्स’ एपलाई बढावा दिन टेलिग्राममा अवरोध

पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com