ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर फछ्यौटको नाममा कुन–कुन कम्पनी मालामाल ? (भिडियो)


admin

काठमाडौं ६ साउन । सरकारले आम नागरिकसँग कर उठाउँछ । आम नागरिक पनि कर तिर्न लालाहित छन् । तर, सरकारले नागरिकबाट कर उठाएर ऐनले गरेको व्यवस्था विपरित निश्चित कम्पनीहरुलाई फिर्ता गरेको छ । उद्योग टाट पल्टिएर रुग्ण बनेको, बन्द भई कर उठ्दैन नसक्ने वा दुर्घटनाजन्य कारणले समस्यामा परेकालाई मात्र सरकारले कर छुट दिन मिल्छ । कानुन अनुसार विशेष परिस्थितिमा कुनै कम्पनीलाई परिस्थिति हेरेर कर छुट दिन मिल्छ । तर, भ्याट छुटलाई भने अपराध नै मानिन्छ । खोज पत्रकारीता केन्द्रले तयार परेको रिपोर्ट अनुसार कर फछ्यौट आयोगबाट नियम विपरित छुट पाउने कम्पनीहरु यस्ता छन् ।

 

एक अर्ब भन्दा बढी छुट पाउनेहरु
कर फछ्यौट आयोग मार्फत सबैभन्दा बढी तीन कम्पनीले छुट पाएका छन् । तीन कम्पनी मध्ये पनि मदीरा उत्पादक त्रिवेणी डिस्टीलरीले सबैभन्दा बढी ६ अर्ब ९६ करोड ३६ लाख ८ हजार ३ सय १५ छुट पाएको छ । एक अर्व भन्दा बढी छुट पाउनेमा दुई सरकारी संस्थान छन् । कृषि विकास बैकले १ अर्व ९८ करोड ९८ लाख २८ हजार १ सय ८३ रुपैयाँ छुट पाएको छ भने राष्ट्रिय विमा संस्थानले १ अर्व ७० करोड १९ लाख ९८ हजार २ सय ६० रुपैयाँ छुटपाएको छ ।

९९ प्रतिशतसम्म भ्याट छुट पाउने को–को ?
कर फछ्यौट आयोग मार्फत ६ वटा कम्पनीले भने ९९ प्रतिशत नै छुट पाएका छन् । ओरियन्टल होटल, भाजुरत्न इञ्जिनियरिङ एण्ड सेल्स कम्पनी, शुभश्री जगदम्बा सिमेन्ट र श्रीबाबा आयल स्टोरले ९९ प्रतिशत छुट पाएका हुन । त्यस्तै, स्याकार कम्पनी, एल एम सुमिर ब्रदरले पनि ९९ प्रतिशत नै छुट पाएका छन् । कर फछ्यौट आयेगले १२ वटा करदातालाई शतप्रतिशत मूल्य अभिवृद्धि कर भ्याट समेत छुट दिइएको छ । सिद्धान्ततः कर प्रशासनले व्यवसायीलाई निर्धारण गरेको भ्याट रकम उपभोक्ताबाट उठाइएको हो । वस्तु तथा सेवा प्रयोग गरेबापत लाग्ने भ्याट रकम छुट दिनु भनेको उपभोक्ताबाट संकलित कर व्यवसायीको पोल्टामा हालिदिनु ठहरी सीआइजेको रिपोर्टमा उल्लेख छ ।

सरकारी संस्थानबाट धेरै असुल
खोज पत्रकारीता केन्द्रको खुलासा अनुसार कर फछ्यौट आयोगले सरकारी संस्थाहरुनहरुबाट सबैभन्दा बढी कर असुल गरिएको छ । तर, निजी कम्पनीहरुलाई भने धेरैलाई सत प्रतिशत छुट दिइएको छ । सरकारी संस्थाहरुले ११ अर्व ८५ करोड ६६ लाख तिनु पर्ने थियो । सरकारी संस्थानले तिरेको ५ अर्व ४४ करोड ३६ लाख तिरेका छन् । यो तिनुपर्ने कुल रकमको ५७ प्रतिशत हो । निजी कम्पनीले १८ अर्ब ६६ करोड ८० लाख तिर्नु पर्ने थियो । तर, ४ अर्व १० करोड २४ लाख २२ हजार मात्र तिरेका छन् । यो रकम तिर्नु पर्ने कुल रकमको २२ प्रतिशतमा हो ।

 

मिडियाका नाममा एक करोडभन्दा बढी क–कसले भ्याट छुट पाए ?
कर फछ्यौट आयोगबाट भ्याट छुट पाउनेमा केही मिडिया पनि परेका छन् । एभिन्यूज टेलिभिजनले १ करोड ५१ लाख १ हजा ६ सय ५१ रुपैयाँ छुट पाएको छ । त्यस्तै, नेपाल रिपब्लिका मिडियाले १ करोड १३ लाख ९४ हजार छुट पाएको छ भने हाल बन्द रहेको स्पेस टाइम्स दैनिकले समेत १२ करोड २३ लाख २३ हजार ४ सय ५९ रुपैयाँ छुट पाएको कर फछ्यौट आयोगको रिपोर्टमा उल्लेख छ । अर्थविद्हरुका अनुसार कर सम्बन्धि अन्य शुल्क छुट दिएपनि भ्याट छुटलाई हदैसम्मको आर्थिक अपराध मानिन्छ । भ्याट जनताबाट सरकारका लागि तिर्न भनेरै उठाएको रकम हो ।

१० करोडसम्म छुट पाएका कम्पनीहरु
लक्ष्मी स्टीलले १० करोड ९७ लाख ४० हजार ९८ रुपैयाँ छुट पाएको छ । शर्मा डाँफे कञ्चन जेभीले १० करोड ९७ लाख २ हजार ९ सय ६५ रुपैयाँ छुट पाएको छ । रेवत स्प्रिङ मिनरलले १० करोड ५० लाख ९ हजार ४ सय ७५ रुपैयाँ छुट पाएको छ ।

  • लाखौ छुट पाएको कम्पनीहरु
    त्रिवेणी डिस्टीलरी ६९६३६८३१५
    माउन्ट एभरेष्ट अस्पताल ४११७८१०३७
    एनसेल नेपाल ३७१९७०७२४
    नेपाल टेलिकम ३०३४८११३४
    गोर्खा ब्रुअरी १६४८८०९१८
    गोर्खा ब्रुअरी १२७२३२९१७
    हेटौडा सिमेन्ट कारखाना ९७३६१४३१
    जेट टी ई नेपाल ७३१००३६६
    डोकानीया सप्लायर्स ६९५८९२६८
    नेमलिंक इन्टरनेशनल ट्रेडर्स ५०२७२१४३
    बोटलर्स नेपाल ४५८२६५७२
    श्री डिस्टीलरी ४४१९११२१
    नयााबानेश्वर डिपार्टमेन्ट स्टोर ४३७६७०८३
    विराट लेदर ४३०३४०७८
    लक्ष्मीनारायण बस्त्रालय ४२८०८८२३
    शीला ट्रेड इन्टरनेशनल ४२५५२७८४
    कर्न इनर्जी ३६७७५५७५
    हिमाल आईरन इन्डस्ट्रीज ३१४२९८७१
  • ३० करोडसम्म छुट पाएका कम्पनीहरु
    न्यू कार्की हार्डबेयर ३०१४२१७२
    तलेजु भवानी ट्रेडर्स २८०४५०४८
    अम्बुजा सिमेन्ट उद्योग २५५५७३२०
    भाजुरत्न इञ्जिनियरिङ एण्ड सेल्स कम्पनी २४२५८३१७
    शिवशक्ती समूह २१९७९५६७
    नेम मेडिकल एजुकेसन २१७६०७७२
    प्यासिफीक ट्रेडर्स २०३५८१२५
    श्री चाागेस्थान सप्लायर्स २००१८०७९
    क्रिस्टल पार्टी प्यालेस १९४८९७२३
    सिंगापुर इन्टरप्राइजेज १९४२५३६२
    ओम हिमालयन इन्टरप्राइजेज १९२९८८४७
    ग्रफ फोर सेक्यूरिटी १८८३४८४९
    मिना इम्पेक्स १८६५१५९५
    भरुञ्चे कन्स्ट्रक्सन १७७९२२०४
    होटल डेल अन्नपूर्ण १७४८१३९८
    जोन्छे ट्रेडर्स १६४८३८९०
    तारागाउँ होटल १६१०२६६८
  • १५ करोडसम्म छुट पाएका कम्पनीहरु
    भृकुटी पेपर १५९६८६१९
    नाकासु मोटर्स १५९६०१८४
    एभरेष्ट इन्सुरेन्स १५६९२८५७
    चितवन कोई १५५६२३६०
    राज इन्टरनेशनल १५४६७९६३
    माँ तारा अफसेट १५३०१९९२
    ब्रिज सिमेन्ट १५२०४६४१
    एभिन्यूज टेलिभिजन १५१०१६५१
    नेपाल रिपब्लिका मिडिया १५००१३९४
  • १४ करोडसम्म कम छुट पाएका कम्पनहरु
    वाईवा कन्स्ट्रक्सन १४९६८०७०
    टीभी म्याक्स १४५१०५७६
    अन्नपूर्ण पेट बोटल १४४५१७१२
    लक्ष्मी इन्टरकन्टिनेन्टल १३४९७२१९
    पाथिभरा हार्डवेयर १३१८१३२०
    गोयन्का स्टील १२८७५९३६
    श्रेष्ठ प्लाष्टिक उद्योग १२८४४३१४
    के एल टावर ११६९२१९१
    स्पेसटाईम दैनिक १२२३२३४५९
    हर्बो इन्टरनेशनल १२०९१४०८०
  • १० करोडसम्म कम छुट पाएका कम्पनीहरु
    युनाईटेड टेलिकम (युटीएल) ११९६४३७२६
    लक्ष्मी स्टील १०९७४०९८
    शर्मा डााफे कञ्चन जेभी १०९७२९६५
    रेवत स्प्रिङ मिनरल वाटर १०५०९४७५

आयोग मार्फत कर र मूल्य अभिवृद्धिकर भ्याट छुट पाएका एकाध बाहेक धेरै कम्पनीहरुको अवस्था अहिले धेरै राम्रो छ । छुट पाएका अधिकांस कम्पनीहरु अहिले मुनाफामा चलिरहेको छन् । कुनै समय नाजुक अवस्थामा पुगेको भएपनि सुधारमा आएर मुनाफ आर्जन गरिरहेका कम्पनीहरुलाई कर फछ्यैट आयोग मार्फत छुट दिनुमा व्यक्तिगत स्वार्थ बाहेक केही हुन नसक्ने अर्थ विश्लेषकहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com