ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुर्जी जारी हुँदा पनि पक्राउ परिनन् पञ्चा सिंह, प्रहरी भन्छ- पहिला मुख्य आरोपी पक्राउ गर्नुपर्छ


एबीसी न्यूज

काठमाडौं १४ माघ । सुर्खेतमा १५ वर्षअघि भएको राजबहादुर मल्लको हत्यासम्बन्धी घटना राष्ट्रिय सभा निर्वाचनले ब्युँताइिदएको छ।

उक्त हत्यामा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी वर्तमान केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा अघिल्लो शुक्रबार पक्राउ पुर्जी जारी हुँदा त्यसले राष्ट्रिय सभा चुनावको वातावरण नै अर्कै बन्न पुगेको थियो।

गत बिहीबार सम्पन्न राष्ट्रिय निर्वाचनले १५ वर्षअघि सुर्खेतमा भएको कालिकोटका १७ वर्षीय किशोर राजबहादुर मल्लको हत्या प्रकरण पुनः चर्चामा ल्याएको हो।  २०६५ सालमा कालिकोटका १७ वर्षीय मल्लको सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा हत्या भएको थियो।

प्रहरीका अनुसार, २६ फागुन २०६५ बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा राजबहादुर मल्लमाथि खुकुरी प्रहार भएको थियो।

माओवादी कार्यकर्ताहरू ‘टाइगर’ भनिने पदमबहादुर रावतसमेतको आक्रमणबाट गम्भीर घाइते भएका राजबहादुरको उपचारकै क्रममा ज्यान गएको थियो।

त्यही घटनालाई लिएर अहिले सुर्खेत जिल्ला अदालतले गत शुक्रबार सिंहलगायत ६ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको छ।

यो प्रकरणमा मल्लका परिवारले २०६५ सालमै एक महिनाको बीचमा दुईवटा जाहेरी दर्ता गराएका थिए।

पहिलो जाहेरीमा ‘टाइगर’ भनिने पदमबहादुर रावतसहितको नाम उल्लेख थियो। तर एक महिनाबीचमा त्यहीबेला परेको जाहेरीमा पञ्चा सिंसहित अरुको नाम किटान गरिएको थियो।

तर, सिंहलाई पक्राउ गर्न अदालतले अनुमति दिएको एक साता बितिसक्दा पनि प्रहरीले पक्राउ गरेको छैन। सिंहलाई सुर्खेत प्रहरीले फरार आरोपीको सूचीमा राखेको छ।

अहिले पनि उनी दैनिकजसो सार्वजिनक कार्यक्रममा सहभागी भइरहेकी छन्। उक्त घटनाका विषयमा सञ्चामाध्यमहरूमा आफ्नो संलग्नता नभएको भन्दै बाहिरै सफाइ पेस गरिरहेकी छन्।

यति मात्रै होइन, सिंहमाथि अनुसन्धान गर्न १५ वर्षको अवधिमा प्रहरीका ३१ अनुसन्धान अधिकृत तोएिका छन्। तर, राजनीतिक पहुँचका कारण सिंहसहितका आरोपी खुलेआम हिँडिरहँदा पीडित परिवारलाई न्याय पाउन मुस्किल परेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार छ। माओवादीकै नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री छन्। फरार सूचीमा रहेकी सिंहलाई सरकारको दबाबका कारण पक्राउ नगरेको मृतकका आफन्तको आरोप छ।

के भन्छ सुर्खेत प्रहरीरु
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायब उपरीक्षक ९डीएसपी० लक्ष्मणबहादुर शाहीले उक्त घटनाको मुख्य अभियुक्त भनिएका व्यक्तिलाई पक्राउ नगरिएसम्म सिंहलाई पक्राउ गर्न नमिल्ने बताए।

‘अदालतको आदेशपछि सिंहमाथिको अनुसन्धान भइरहेको छ। अदालतले पक्राउ पुर्जी दियो। सुरुमा जसको नाममा जाहेरी आएको थियो, त्यसको मुख्य प्रतिवादी भारतमा छ’, उनले भने ‘हामी उसलाई खोज्दै छौँ। घटनामा संलग्न मुख्य व्यक्ति नै नियन्त्रणमा नआइसकेकाले अनुसन्धान अगाडि बढ्ने कुरा पनि त भएन।’

यस्तै, घटनामा खुकुरी प्रहार गरेको भनी किटान गरिएका मुख्य आरोपीमाथि अनुसन्धान गरी सत्यतथ्य फेला परेपछि मात्रै सिंहलगायत व्यक्तिलाई पक्राउ गर्न सकिने उनले जवाफ दिए।

राष्ट्रिय सभाले ब्युताँयो घटना
१५ वर्षअघिको घटना माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनका कारण ब्युँतिएको छ।

कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि तीनवटा खाली स्थानमा निर्वाचन भएको थियो। ती तीनमा महिला, दलित र खुलातर्फका थिए।

माओवादी केन्द्रबाट विद्यार्थी नेतृ सिंह पनि राष्ट्रिय सभा सदस्य बन्ने दौडमा थिइन्।

कर्णालीबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारका रूपमा उनको पनि नाम चर्चामा थियो।

राष्ट्रिय सभा निर्वाचनका लागि माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले सिंहसहित २६ जनाको नाम पार्टी केन्द्रलाई पठाएको थियो।

कर्णालीमा पनि तीन दल नेपाल कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएपछि प्रत्येकलाई एकरएक सिट बाँडिएको थियो।

माओवादीबाट महिला कोटामा पञ्चाको नाम पक्का हुनेजस्तै भएपछि उनका विरोधमा रहेका पार्टीभित्रकै नेताहरूले उक्त हत्याकाण्डसम्बन्धी मुद्दा तगारो बन्न सक्ने टिप्पणी गरेका थिए।

सिंह केन्द्रमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कर्णालीमा पार्टी उपमहासचिव जनार्दन शर्मानिकट मानिन्छिन्।

राष्ट्रिय सभा निर्वाचनका लागि टिकट पाउने करिब पक्का भइसकेको समयमा हत्या प्रकरण पुनः सतहमा आएपछि उनलाई माओवादीले टिकट नदिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com