ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी ढुकुटीमा ३०३ अर्ब मौज्दात, खर्च गर्न नसकेपछि जम्मा हुने क्रम बढ्यो


admin
फाल्गुन ४, २०७४ शुक्रबार  ८ : १४ बजे

काठमाडौ, ४ फागुन । सरकारले बजेट खर्च गर्न नसकेपछि ढुकुटीमा जम्मा हुने क्रम बढेको छ । चालू आर्थिक वर्षको पुससम्ममा सरकारी ढुकुटीमा ३०३ अर्ब १७ करोड रुपैयाँ जम्मा भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सरकारी खर्च न्यून भएकाले ०७४ पुस मसान्तसम्ममा सरकारी ढुकुटीमा ३०३ अर्ब १७ करोड नगद मौज्दात रहेको हो । यो रकम सरकारका स्थानीय तहको खातामा जम्मा भएको रकम ९३ अर्ब ५ करोड रुपैयाँसमेत समावेस गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पुससम्ममा नगद प्रवाहमा आधारित कूल सरकारी खर्च ३६४ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च २४८ अर्ब २० करोड रुपैयाँ थियो । चालू आवको सो अवधीमा चालू खर्च ३०३ अर्ब ३३ करोड रुपैयाँ पुगेकोे छ । गत आवको सोही अवधिमा यस्तो खर्च १९६ अर्ब ४७ करोड रहेको थियो । समीक्षा अवधिमा पुँजीगत खर्च ३८ प्रतिशतले बढेर ४२ अर्ब ७२ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च ३० अर्ब ९७ करोड भएको थियो ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३४० अर्ब ५४ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको छ । तर, अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४२ अर्ब २३ करोड रुपैयाँ थियो । चालू आवको छ महिनामा खुद ट्रान्सफर आय १।७ प्रतिशतले घटेर ३९३ अर्ब ३४ करोडमा सीमित भएकोे छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि १।८ प्रतिशतले घटेको छ । गत आवको ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ९।९ प्रतिशतले घटेको थियो ।

चालू आर्थिक वर्षको ६ महिनासम्ममा ६ अर्ब ६६ करोड रुपैयाँ सोधनान्तर घाटा छ । गत आवको छ महिनामा ४५ अर्बले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा ६ अर्ब ६६ करोडले घाटामा रहेको हो । गत आवको छ महिनामा १ अर्ब ८ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ७५ अर्ब ७१ करोडले घाटामा छ ।

चालू आवको पुससम्ममा पुँजीगत ट्रान्सफर १० अर्ब ७ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १४ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ९३ करोड र प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ३९ करोड थियो ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जाको विस्तार निक्षेप वृद्धिको तुलनामा उच्च रहँदै आएको छ । विप्रेषण आप्रवाहमा आएको कमीका कारण निक्षेप वृद्धि सामान्य रहने देखिएको छ । निक्षेप परिचालनको अवस्थालाई दृष्टिगत गरी कर्जा प्रवाह गरिएमा हाल देखिएको वित्तीय असन्तुलन आगामी दिनमा सुधार हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । चालू आवको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ६।९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११।९ प्रतिशतले बढेको छ ।

२०७३ पुसमा ट्रेजरी विलको भारित औसत ब्याजदर १।७४ प्रतिशत रहेकोमा २०७४ पुसमा ५।८२ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७३ पुसको २।७१ प्रतिशतको तुलनामा २०७४ पुसमा ४।४० प्रतिशत रहेको छ । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७३ पुसको ७।१ प्रतिशतको तुलनामा २०७४ पुसमा ९।९४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com