ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको घोषणा : समृद्ध नेपाल सुखी नेपाली (भिडियो)


admin

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक समृद्धि र विकासका लागी सरकारले काम गर्ने बताउनु भएको छ । सिहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै उहाले आर्थिक समृद्धि र विकासका लागी कृषिको आधुनिकरण रोजगारको अवसर निकाल्ने सहितका ५ प्राथमिकता सार्वजनिक गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान भन्ने नारा दिदै पाँच वटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ । तीनै तहका सरकारलाई जनमुखी, सबल र प्रभावकारी बनाउने निर्णय गर्दै २ वर्षभित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् । ‘ दुई वर्षभित्र गाउँपालिका र नगरपालिकामा सीटीईभीटीको सम्बन्धनमा प्राविधिक शिक्षालय स्थापना गरिनेछ, यस्तै, २ वर्षभित्र संघीय संसदको आफ्नै भवन निर्माण पनि गरिनेछ’ ओलीले भने ।

प्रधामन्त्री ओलीले उद्योगहरुको संरक्षण, स्थापना र विकासलाई समावेश गर्दै विकासका पूर्वाधारहरु यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता जनसरोकारका विषय र विकासलाई जनताले प्रत्याभूति गर्नेगरी अघि बढाउने घोषणा समेत गरेका छन् । पर्यटन तथा सेवा क्षेत्रको विकास गर्ने र आन्तरिक तथा बाह्य लगानी बृहत रुपमा वृद्धि गर्ने लक्ष्य नयाँ सरकारले लिएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

उहाले नयाँ सरकारले मुलुकमा देखिएको चरम बेरोजगारी समस्यालाई सम्बोधन गर्ने कार्यक्रम अघि सार्ने निर्णय गरेको छ । आम रुपमा रोजगारीका अवसर सिर्जना गरेर मुलुकलाई समृद्धितर्फ अघि बढाउने सरकारको संकल्प छ । भ्रष्टाचार नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता हुने भन्दै भ्रष्टाचारमा शून्य सहनशीलता ब्यवहारमा नै लागू गर्ने बताउनुभयो । ‘भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने कुरा मात्रै होइन कार्यान्वयन गर्ने हो’ उनले भने ‘भ्रष्टाचारमा भेदभाव र संरक्षणको कुनै कुरा हुन सक्दैन, भ्रष्टाचार नियन्त्रण मेरो उद्देश्य हुनेछ ।’

नयाँ सरकारले प्रमुख राष्ट्रिय कार्यसूचीमा उल्लेख्य सफलता प्राप्त गर्न राज्यका सम्पूर्ण स्रोत, साधन, सार्मथ्य र संयन्त्रलाई अभियानको रुपमा परिचालन गर्ने समेत निर्णय गरेको छ । यस्तै, देशका प्रचुर सम्भावनालाई साकार बनाउन नीतिगत ढंगले सम्बोधन गर्ने निर्णय समेत प्रधानमन्त्री ओलीले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com