ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिभिजन टु मा नेपाल उप-विजेता


admin

काठमाडौं, ३ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग डिभिजन टू को निर्णायक खेलमा यूएईले नेपाललाई ७ रनले पराजित गरेको छ । ४ विकेट गुमाएर यूएईले नेपाललाई दुई सय ७८ रनको लक्ष्य दिएको थियो ।

नेपालले सबै विकेट गुमाउँदै दुई सय ७० रन जोड्यो । खेलमा नेपालका लागि सर्वाधिक पारस खड्काले ११२ रन बनाए । नट आउट रहेका पारसले १ सय ३ बलमा ८ छक्का र ३ चौका प्रहार गरे। त्यस्तै २४ रन जोड्दै ज्ञानेन्द्र मल्ल आउट भए । शरद भेषवाकर, आरिस शेफ, सोमपाल कामीले नेपालको लागि ३०, ७ र ६ रन जोडे ।
बलिङतर्फ यूएईका अमिर हायतले ४ विकेट लिन सफल भए।

यसअघि नेपालका ओपनरद्वय ज्ञानेन्द्र मल्ल २४ तथा दिलीप नाथ १३ रन बनाएर आउट भए। ज्ञानेन्द्रले आउट हुनुअघि २५ बल खेलेर १ चौका प्रहार गरे। दिलीपले २९ बल खेलेर २ चौका हिर्काए। यस्तै दीपेन्द्रसिंह ऐरी ३५ रन बनाएर आउट भए। इमरान हैदरबाट बोल्ड हुनुअघि उनले ६६ बल खेल्दा २ छक्का प्रहार गरे।

शरद भेषावकरले ३५ रनको योगदान दिए। उनीले ३७ बल खेल्दा ३ चौका प्रहार गरे। आरिफ शेख ७ रनमा आउट भए । रोहितकुमार पौडेलले २३ रन जोडेपछि नेपालको आसा बढेको थियो। उनले १७ बलमा ३ चौका प्रहार गरे। लगत्तै करण केसी २ र सोमपाल कामी ६ रनमा आउट भए।

त्यसअघि नामिबियाको वन्डरर्स मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रन जोड्यो।

युएईका लागि ओपनिङ ब्याट्सम्यान अस्फक अहमेदले शतक प्रहार गरे। उनले सन्दीप लामिछानेको बलमा क्याच आउट हुनुअघि १ सय १४ रनको सानदार इनिङ खेले। जारी प्रतियोगितामा एकै इनिङमा बढी रन प्रहार गरेका उनले १ सय २३ बलमा १० चौका र ३ छक्का प्रहार गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले साँझ ६ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com