ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौन अवधिमा पनि चुनावको प्रचार २४ घण्टाभित्र प्रतिवेदन दिन प्रजिअलाई आयोगको निर्देशन


एबीसी न्यूज

काठमाडौं १० माघ । राष्ट्रियसभा निर्वाचनको अघिल्लो दिन पनि दलहरूले चुनावको प्रचार गरेका छन् ।  प्रचारको निषेध अवधिको उल्लंघन गर्दै दलहरूले भेला राखेका हुन् । बिहीबार राष्ट्रियसभाको १९ पदका लागि चुनाव हुँदैछ । जहाँ प्रदेश सांसद र पालिकाका प्रमुख– उपप्रमुख मतदाता छन् ।

बुधबार विराटनगरस्थित निवासमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चियापान कार्यक्रम आयोजना गरे । जहाँ नेपाली कांग्रेसका महामन्त्री गगन थापा, उमेदवार कृष्णप्रसाद सिटौला, नेता मीनेन्द्र रिजाललगायतका नेता कार्यकर्ताहरू उपस्थित थिए ।

चियापान कार्यक्रममा डा। कोइरालाले सञ्चारकर्मीसँको कुराकानीमा चुनावको प्रचार नभएर जमघट मात्रै भएको दाबी गरे । त्यस्तै,नेकपा ९एमाले०ले पनि विराटनरस्थित होटेल ह्यारिसनमा भेला गरेको छ ।

पार्टीका महासचिव शंकर पोखरेलको उपस्थितिमा कार्यक्रम भएको हो ।

एमालेका एक नेताका अनुसार महासचिव पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टी गठबन्धन गर्नुको औचित्यबारे जानकारी गराएका हुन् ।

“राप्रपासँग गठबन्धन किन गरियो रु भन्ने प्रश्न उठेको छ । यस विषयमा मतदाताहरुलाई भन्न पनि जरुरी भएकाले कार्यक्रम राखिएको हो,” ती नेताले स्वीकार गरे ।

कोसीमा दुई पदका लागि हुने चुनावमा सत्ता गठबन्धनले साझा उमेदवार बनाएको छ । एमाले– राप्रपाले पनि चुनावी तालमेल गरेको छ । निर्वाचन आयोगले सोमबार राति १२ बजेबाट प्रचार निषेधको समय तोकेको थियो ।

आचारसंहिताको धज्जी उडाउँदै दलहरुले चुनाव प्रचार गरेका हुन् ।

यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने भन्दै आयोगले ८ गते नै विज्ञप्ति जारी गरेको थियो ।

“२०८० माघ ८ गते राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उमेदवार, दलको भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने हुँदा सो बमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरिन्छ,” आयोगको विज्ञप्तिमा भनिएको छ ।

आयोगले के गर्छ ?

निर्वाचन आयोगले मोरङका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

आयोगले सत्यतथ्य विवरणसहितको प्रतिवेदन २४ घण्टाभित्र बुझाउन निर्देशन दिएको छ ।

“निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था विपरीत मोरङ जिल्लाको विराटनगरमा केही राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता विपरीत हुने गरी निर्वाचन प्रचारप्रसारको गतिविधि गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट आयोगमा प्राप्त हुन आएकोले निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन कसूर तथा सजाय० ऐन, २०७३ को दफा २४ को उपदफा ९५० विपरीतको कार्य भएकोले सोको सत्यतथ्य बुझी यकिन गरी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय भएकोले सो बमोजिम प्रतिवेदन पेश गर्नु हन निर्णयानुसार अनुरोध छ,” निर्देशन पत्रमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com