काठमाडौं १० माघ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० किरणकुमार श्रेष्ठले अर्थतन्त्र सुधार भएको तथ्यांकमा नै देखिने बताएका छन् ।
बैंकको ५९औँ वार्षिकोत्सबको अवसरमा बोल्दै उनले बैंकहरूको कर्जा लगानी बढ्ने वातावरण बन्दै गएको बताएका हुन् ।
“राष्ट्र बैंकका नीतिगत सुधारले बैंकको कर्जा बढ्दै जाने देखिएको छ,” उनले भने, “अब अर्थतन्त्र सुधारको बाटोमा छ । यसको तथ्यांक आगामी दुईरतीन महिनामा देखिन्छ ।”
त्यस्तै, पर्यटन आगमन बढ्दै गएकाले यस क्षेत्रमा बैंकको लगानी बढ्दै गएको पनि उनले बताए । बैंकले कर्जा विस्तार १२ प्रतिशत र निक्षेप संकलन १० प्रतिशतले बढाउने लक्ष्य लिएको बताए ।
प्रतिक्रिया दिनुहोस्