काठमाडौं १० माघ । कैलालीको धनगढीस्थित पाँचतले घरको छतबाट हामफालेका एकजना व्यवसायीको ज्यान गएको छ। धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममम नवजीवन अस्पतालमा मृत्यु हो।
घरायसी विवाद भएपछि अग्रवालले बुधबार बिहान सवा ११ बजे आफ्नै पाँचतले घरको छतबाट सडकमा हामफालेका थिए।
छतबाट हामफालेका उनी बेहोस थिए। अवस्था गम्भीर भएपछि उनलाई तत्कालै नवजीवन अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरे। शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ।
प्रतिक्रिया दिनुहोस्