ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमलपोखरी भू-माफियाको चङगोलमा, संरक्षणको माग गर्दै अदालतमा धर्ना


admin
फाल्गुन ३, २०७४ बिहीबार  ७ : ४७ बजे

भत्तपुर, ३ फागुन । भत्तपुरको कमल पोखरी अवैध हिसाबले किनबेच र दर्ता भएकाले सार्वजनिक पोखरीकै रुपमा फर्काउन माग गर्दै मध्यपुरथिमिका बासिन्दाले बिहिबार भक्तपुर जिल्ला अदालतमा धर्ना दिएका छन् ।

धार्मिक र साँस्कृतिक महत्व बोकेको पोखरीमाथि विभिन्न भू माफियाले चलखेल गर्दै अवैध रुपमा दर्ता तथा किनबेच गरिरहेको पाईएकोले पोखरीको संरक्षणको माग गर्दै स्थानियले दबाब स्वरुप धर्ना दिएका हुन् । मध्यपुरथिमि नगरपालिका–८ बोडेका स्थानीय बासिन्दाले हातहातमा प्ले कार्ड बोकेर अदालतमा दिनभर धर्ना दिएका छन् ।

भक्तपुर जिल्ला अदालतमा पोखरीको विषयमा बहस भएपछि स्थानीय बासिन्दाले परापूर्वकालदेखि धार्मिक कार्यका लागि प्रयोग हँुदै आएको उक्त पोखरीको अवैध दर्ता एवं किनबेच भएको भन्दै स्थानीयले पोखरी सार्वजनिक हुनुपर्ने माग गरेका थिए ।

तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं। १ को १५ रोपनी ९ आना सार्वजनिक जग्गा २०४२ सालमा व्यक्तिको नाममा दर्ता भई बिक्री वितरण गरेको भन्दै बोडेका बासिन्दाले सो पोखरी सार्वजनिक रुपमै फर्काइनुपर्ने माग राखेका हुन् ।

अदालत परिषरमै आएर मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आफूहरु सानो छँदा कमलको फूल फुल्ने र पौडी खेल्ने यो पोखरी सार्वजनिक पोखरी कै रुपमा फर्काइनुपर्नेमा जोड दिनुभयो ।

पोखरी किनबेच भएपछि चार वर्ष अगाडि केही व्यक्तिले पोखरी पुर्न माटो ल्याउँदा स्थानीयले लखेटेको बताउँदै उहाँले ऐतिहासिक पोखरीलाई पोखरी कै रुपमा कायम गर्न अदालतसँग माग गरेको उहाँले बताउनुभयो ।

२०४२ साल असार ३१ गते उक्त पोखरी कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेशनामा बकसपत्र गरी मनाङ्ग घरभई काठमाडौं ठमेल बस्ने ग्ल्याल्पो गुरुङ्गको नाममा पास भएको हो ।

जसमध्ये १३ रोपनी ९ आना ग्ल्याल्पोको नाममा, १ रोपनी तेन्जी शेर्पिणीको नाममा, एक रोपनी कर्सी जद्योना गुरुङ्गको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

हिमाल शर्मा: विद्यार्थी राजनीतिबाट पुस्तान्तरणका योद्धा, काठमाडौं–६ को उम्मेदवार

प्रचण्डको नयाँ प्रस्ताव : विप्लवलाई आत्मसमीक्षासहित फर्कन आग्रह

पृथ्वीनारायणको विरोधीलाई ‘टाउको काट्ने’ भनेका राप्रपा उम्मेदवार स्वागत नेपालले माफी मागे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com