काठमाडौं १० माघ । सरकारले आगामी शैक्षिक सत्रदेखि एक सयदेखि तीन सय शैयासम्मका अस्पतालमा नर्सिङ पढाउने तयारी गरेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको ९०औँ वार्षिकोत्सव कार्यक्रममा बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नर्सिङ पढाउने तयारी भएको बताएका हुन् ।
त्यसका लागि स्वास्थ्य मन्त्रालयबाट निर्णय गरी शिक्षा मन्त्रालयमा सुझावका लागि प्रस्ताव पठाइएको उनले बताए ।
सरकारले साविकका अञ्चल अस्पतालमा पीसीएल तथा स्नातक नर्सिङ र पारामेडिक्स पढाउनेगरी प्रक्रिया अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्