काठमाडौं १० माघ । अनुसन्धान आयोगले ललितपुरस्थित नापी कार्यालयका नापी सर्भेक्षक रामवीर यादव समेत तीनजनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई सेवाग्राहीबाट साढे दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो । नापी सर्भेक्षक रामवीर यादव समेतले जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
त्यसपछि टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले सर्भेक्षक यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीबाट दुई लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरूलाई ललितपुर नापी कार्यालय परिसरवाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्