काठमाडौं १० माघ । गुण्डागर्दी गर्दै हिँड्ने युवराज गुरुङ सानुभाइ समूहका एकजना पक्राउ परेका छन् । सानुभाइ समूहका विश्व लामा पक्राउ परेका एएसपी कुमोध ढुंगेलले जानकारी दिए ।
पछिल्लो समय यो समूह गुण्डागर्दीमा सक्रिय रहेको छ । शनिबार गुरुङसहितको समूहले ठमेलको छाया सेन्टरको प्लेब्वाई क्लबको पार्किङमा एक युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेको थियो ।
सानुभाइ, शेरलाल पौडेल र नुवाकोटकै कमल तामाङले एक युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । उनीहरूविरुद्ध पीडित युवाले ज्यान मार्ने उद्योग मुद्दामा प्रहरी वृत्त दरबारमार्गमा उजुरी थिए । गुण्डा नाइके कुमार घैँटेका सहयोगी सक्रिय, ठमेलमा बबन्डर मच्चाएर ब्यबसायीहरुलाइ तर्साउने काम गर्दै आइरहेकाछन ।
प्रतिक्रिया दिनुहोस्