काठमाडौं ८ माघ । स्थ्य तथा जनसंख्या मन्त्रालयले साविकका अञ्चल अस्पतालमा नर्सिङ शिक्षा पढाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ ।
एक सयदेखि तीन सय शैयाका सरकारी अस्पतालमा नर्सिङ पढाउने गरी प्रस्ताव अघि सारेको हो ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको सोमबारको बैठकमा डा। रोशन पोखरेलले तीन दिनभित्र मन्त्रिपरिषद्मा लैजाने बताए ।
ती अस्पतालमा पीसीएल, स्नातक र मिडवाइफ नर्सिङको पढाइ सुरु गर्ने मन्त्रालयको निर्णय छ ।
प्रतिक्रिया दिनुहोस्