काठमाडौं ८ माघ । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कोसी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा०बीच तालमेल गरिने भएको छ ।
दुई दलबीच तालमेलको सैद्धान्तिक सहमति भएको एमाले कोसी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
सहमतिअनुसार, एमालेले राष्ट्रियसभा सदस्यको ‘अन्य’ पदमा राप्रपाका उद्धव पौडेललाई सघाउनेछ । राप्रपाले महिला पदमा एमालेकी रुक्मिणी कोइरालाका पक्षमा मतदान गर्ने समझदारी बनेको उनले बताए ।
एमालेले ‘अन्य’तर्फ पर्शुराम अधिकारीलाई उमेदवार बनाएको थियो ।
कोसीमा सत्ता गठबन्धनले ‘अन्य’तर्फ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई उमेदवार बनाएको छ । महिलातर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्की उमेदवार छिन् ।
प्रतिक्रिया दिनुहोस्