ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आरजु राणा-सरकारले के–केलाई समाधान दिन्छ ? ठग्नेले नै बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ


एबीसी न्यूज

काठमाडौं ८ माघ । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छन् ।

आइतबार समितिको बैठकमा उनले सहकारीपीडितको समस्या राज्यले समाधान गर्नुपर्ने विषय बाहिर आएको उल्लेख गरिन् । राज्यले नभएर रकम अपचलन गर्नेहरूले नै समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिइन् ।

उनले राज्यले सबै पीडितको समस्या समाधान गर्न नसक्ने भन्दै ठगी गर्नेहरूबाट रकम फिर्ता गराउनुपर्ने बताइन् । सहकारी ठगी गर्ने समूहलाई बचतकर्ताको रकम फिर्ता गर्न लगाउने र नगरे कानुनबमोजिम कारबाही गर्न आवश्यक रहेको उनको धारणा छ ।

सहकारीपीडितको समस्या राज्यले समाधान गर्छ भनेर बस्न नहुने उनले बताइन् । उनले सहकारीको समस्या समाधान गर्न नीतिगत सुधारका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षणपत्र लेखिने जानकारी गराइन् । प्रधानमन्त्रीको तहबाट नै सहकारी समस्या समाधानको उपाय निकल्न सक्ने अवस्था रहेको उनको भनाइ छ ।

“सहकारी समस्याको समाधान सरकारले दिने होइन । सरकारले के–केलाई समाधान दिन्छ रु जसले ठगेको छ, त्यही समूहले सहकारी बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ,” उनले भनिन्, “सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षणपत्र लेख्नुपर्छ । त्यहाँबाट नै सहकारी समस्या समाधानको उपाय निकाल्न सक्छन् । सहकारी ठगी र रकम हिनामिना मानिसहरूको जीवनसँग जोडिएको छ ।”

सहकारीमा भएका ठगी रोक्न कानुन सच्याउन आवश्यक रहेकामा उनले जोड दिइन् । न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com