काठमाडौं, ३ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई देशको ४१ औं प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले विहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए । राष्ट्रपतिबाट नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले आजै विहीवार सपथ लिनुभएको छ ।
निर्वाचन आयोगले बुधबार राष्ट्रपतिलाई प्रतिनिधिसभा चुनावको अन्तिम नामावली बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो । प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ । वाम गठबन्धन बनाएर चुनावमा गएका एमाले माओवादीसँग स्पष्ट बहुमत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्