काठमाडौं ७ माघ । ललितपुर प्रहरीले पुल्चोक स्क्वायर होटलका संचालकलाई पक्राउ गरेको छ । होटलका सञ्चालकमध्ये ललिता देवकोटा भण्डारीलाई शनिबार पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए ।
अर्का सञ्चालक रोमी अर्यालको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ । गएको भदौमा जाउलाखेलका सजीलमान शाक्य होटल स्क्वायरमा स्विमिङ गर्दा करेन्ट लागेर बेहोस भएका थिए ।
छोरीको खुसीको लागि ‘स्क्वायर होटेल’को स्वीमिङ पूल पुगेका सजीलमान कसरी पुगे कोमामा ?
सोही विषयमा सजीलका परिवारले प्रहरीमा ज्यान मार्ने उद्योगमा उजुरी दिएका थिए । सोही उजुरी पछि होटल सञ्चालक पक्राउ परेका हुन् । हाल सजीलमान कोमामा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्