काठमाडौं ५ माघ । कैलालीमा सालकको खपेटासहित दुईजना पक्राउ परेका छन् । बर्दगोरिया गाउँपालिका–६ स्थित सडकबाट सालकको खपेटा ११ किलो १०० ग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भजनी नगरपालिका–८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी र जोशीपुर गाउँपालिका–४ बस्ने ३२ वर्षीय प्रेम चौधरी रहेका छन् ।
प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय सुखड कैलालीबाट खटिएको प्रहरीले सु।प।प्र।०१००८ प ३५१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा खपेटासहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्