ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी अर्थमन्त्रालयबाट जागिर थालिन्, फेसबुकको बोर्डबाट राजीनामा दिइन्


एबीसी न्यूज
माघ ५, २०८० शुक्रबार  २ : ११ बजे

काठमाडौं ५ माघ । एजेन्सी(सिलिकन भ्यालीका १५० प्रमुख प्रविधि कम्पनीको नेतृत्व तहमा महिला संख्या न्युन छ । सिलिकन भ्यालीका चल्तीका प्रविधि कम्पनीहरुमा नेतृत्व तहमा महिलाको हिस्सा केबल १५ प्रतिशत मात्रै रहेको छ ।

यही १५ प्रतिशत भित्र एक थिइन् फेसबुक सञ्चालन गर्ने कम्पनी मेटाकी प्रमुख परिचालन अधिकृत शेरिल स्यान्डवर्ग । १४ वर्ष मेटामा रहेर फेसबुकका लागि काम गरेकी स्यान्डवर्गले पदबाट राजीनामा दिने भएकी छिन् ।

लामो समय फेसबुकको प्रमुख परिचालन अधिकृत रहेकी उनले मेटाको बोर्डमा नरहने निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। मेटाको विद्युतीय विज्ञापन मोडललाइ सफल बनाएकी उनले त्यहाँ नरहने निर्णय लिएकी हुन् ।

आफ्नो निर्णयबारे उनले द गार्डियनसँग भनेकी छिन्(‘मेटाको व्यापार वर्तमानका लागि पर्याप्त मात्रै नभएर भविष्यका निम्ति पनि उचित स्थानमा रहेको छ । यो व्यापार मोडललाइ सफल बनाएसँगै मैले विश्राम लिनुपर्ने ठानेँ ।’

 

मेटामा उनी आलोचना विहीन भने हुन सकिनन् । विशेषगरी व्यापार बढाउनका निम्ति प्रयोगकर्ताका डेटा दुरुपयोग देखि अमेरिकी संसदमा आक्रमणमा उक्साहटको केन्द्र मेटा नै बनेको क्याब्रिजको अनुसन्धानपछि उनी विवादमा तानिएकी थिइन् । विवादमा तानिएपनि मेटालाइ उचाइमा पुर्‍याएर उनले विश्राम लिएकी हुन् ।

को हुन् स्याण्डवर्ग ?

सन् १९६९ मा वासिंटनमा जन्मिएकी शेरिल स्यान्डवर्गले हावर्डमा पढेकी हुन् । उनीसँग विश्वबैंक, अमेरिकी अर्थ मन्त्रालय देखि गुगलसम्म काम गरेको अनुभव छ । हावर्डमा अर्थशास्त्र पढेकी अर्थतन्त्र र सरकारमा महिला सहभागिताका लागि संस्था समेत खोलेकी थिइन् ।

हावर्डमा पढाइ सकेसँगै उनी विश्व बैंकका वर्तमान प्रमुख अर्थशास्त्री लरेन्स समर्सको सहयोगी भएर काम गरिन् । जब समर्स बिल क्लिन्टनको प्रशासनमा अर्थ मन्त्रालयका उपसचिव बने त्यस बखत उनले समर्सलाइ प्रमुख स्वकीय सचिव बनाए । सन् १९५५ देखि सन् १९९९ सम्म उनी अमेरिकी अर्थमन्त्रालयमै कार्यरत रहिन् । र्जज बुसले प्रशासन सम्महालेसँगै उनी त्यहाँ रहिनन् ।

साथमा सरकारी जागिर हुँदाहुँदै उनी नयाँ तरिकाले अघि बढ्ने अठोट सहित सन् २००० मा सिलिकन भ्याली प्रवेश गरिन् । सन् २००१ मा उनी गुगलमा काम गर्न थालिन् ।

‘विश्वका सूचना आम मानिसलाई सित्तैमा उपलब्ध गराउने सोचले मलाइ तान्यो, ‘ गुगल जाँदै गर्दा उनले भनेकी थिइन् । विश्वव्यापी अनलाइन विक्री तथा परिचालन विभागको उपाध्यक्षको जिम्मेवारी गुगलले उनलाइ सुम्पिएको थियो । उपभोग्य वस्तु तथा पुस्तकको खोजी तथा विज्ञापन लगायतमा उनले काम गरिन् । सन् २००८ को सुरुवातसम्म उनले गुगलमा बिताइन् ।

सन् २००८ मा उनले फेसबुकमा प्रमुख परिचालन अधिकृतको जिम्मेवारी सम्हालिन् । फेसबुकलाई विश्वव्यापी बनाउन र विदेशतर्फ व्यापार प्रवर्द्धन, मानव संशाधनको विकास, बजारिकरण र सार्वनजिक तथा गोपनीयता नीति सम्बन्धमा उनले फेसबुकमा काम गरेकी थिइन् ।

फेसबुकमा केही शेयर सहित गएकी उनी सन् २०१४ को अर्बपति सुचीमा समेत अटाउन सफल भइन् । त्यसअघि सन् २०१२ उनी फेसबुकको पहिलो महिला बोर्ड सदस्य थिइन् । सन् २०१८ मा सिनेटमा फेसबुकको बचाउका लागि उनी निकै प्रखरताका साथ प्रस्तुत भएकी थिइन् ।

स्याण्डवर्ग प्रविधिमा मात्रै अब्बल नभएर पुस्तक लेखनमा समेत सफल थिइन् । महिलाहरुलाइ व्यापार व्यवसाय तथा नेतृत्वमा प्रोत्साहन गर्ने हेतुले उनले सन् २०१३ मा लिन इन स् वुमन, वर्क एण्ड विल टु लिड प्रकाशित गरिन् । यो पुस्तक चर्चित भएसँगै उनले सन् २०१७ मा अप्सन बी पुस्तक निकालिन् ।

सन् १९९३ मा स्यान्डवर्गले पहिलो विवाह गरेकी थिइन् । व्यापारी ब्राएन क्राफसँऊको विवाह डिभोर्समा परिणत भयो ।

सन् २००४ मा उनले याहुका कार्यकारी रहेका डेभ गोल्डवर्गसँग विवाह गरिन् । त्यसपछि उनी दुइ सन्तानकी आमा भइन् । मे १, २०१५ मा गोल्डवर्गको निधन भयो । त्यस पीडालाई भुल्दै गएकी उनी केहीपछि टम ब्रेन्थलको प्रेममा परिन्। लस एन्जल्समा बजारीकरण तथा ब्रान्ड परामर्श विज्ञ ब्रेन्थलसँग उनले २०२०मा इन्गेजमेन्ट गरेकी थिइन् ।

शेरली सिलिकन भ्यालीकी एक सफल नेतृत्वदायी महिला हुन् । अमेरिकी अर्थमन्त्रालय, विश्व बैंक, गुगल, मेटासम्म काम गरेकी उनको कुल सम्पत्ति १।६ अर्ब डलर बराबरको छ ।

मेटा छोडे पनि महिलालाई व्यापार तथा अन्य क्षेत्रको नेतृत्वमा पुर्‍याउनका निम्ति समानता र विविधताको अवधारणामा आफू सक्रिय हुने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

राजविराजको ‘चामत्कारिक माला’ घटना: मिडियाको दिग्भ्रमित सर्कस र तथ्यको पोस्टमार्टम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com