ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री ज्वाला-सार्वजनिक खरिद ऐन संशोधनको तयारीमा


एबीसी न्यूज

काठमाडौं ४ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन संशोधनको तयारी भइरहेको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा मन्त्री ज्वालाले पुरानो ऐनका कारण समस्या देखिएको भन्दै संशोधनको ड्राफ्ट तयार भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगिसकेको जानकारी दिए ।

उनले विकाससँग जोडिएको ऐन कानुनलाई समयसापेक्ष बनाउनुपर्ने भएकाले मन्त्रालय अन्तर्गतको ऐन कानुन परिमार्जनका विषयमा पनि छलफल भइरहेको बताए ।

त्यस्तै, मन्त्री ज्वालाले दक्ष कामदारको अभाव, आयोजना प्रमुख छिटो छिटो परिवर्तन लगायतका कारणले राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउन समस्या भइरहेको जिकिर गरे । मन्त्रिपरिषद्बाट निर्णय भएका थप तीन भरतपुर, विराटनगर र मूलपानी अन्तराष्ट्रिय रंगशाला समेत गरी अहिले राष्ट्रिय गौरवको आयोजना २४ बाट २७ पुगेको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरूले मुलुकको सडकको अवस्था र सडक दुर्घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए । मन्त्री ज्वालाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताए । अनुगमन प्रणालीलाई व्यवस्थित गर्न सके सडक दुर्घटना न्यूनीकरण हुने उनको भनाइ थियो ।

सार्वजनिक सडक ऐन र सडक सुरक्षा ऐन फरक हुनुपर्ने मागलाई सम्बोधन गर्न दुई वटा विधेयकको मस्यौदा तयारी गरी अर्थमा पठाएपनि दुई ऐनलाई एउटै बनाउन अर्थबाट सुझाव आएको धारणा राखे ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com