काठमाडौं ३ माघ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले खेलकुदको भौतिक पूर्वाधार तीव्र गतिमा अघि बढाउन नसकेको बताएका छन् । ललितपुरमा आयोजित १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को आज उद्घाटन गर्दै उनले विगतका कमी, कमजोरीबाट सिकेर खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको बताए ।
उनले नेपालको खेलकुद विकास, खेलाडीको उन्नतिका लागि प्रोत्साहन गर्न जरुरी रहेको बताए । मन्त्री खड्काले संघ, प्रदेश र स्थानीय तहले आफ्ना स्रोतलाई खेलकुद विकास र खेलाडीको संरक्षणमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।
उनले सरकारले खेलाडीमा थप लगानी गर्ने प्रतिवद्धता समेत जनाए । उपप्रधानमन्त्री खड्काले खेलाडीहरूको सेवा सुविधा बढाउन एकतावद्ध भएर लाग्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्