काठमाडौ ३ माघ । गएको माघ १ गतेदेखि काठमाण्डौमा फेरि आउन थालेको मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न खानेपानी मन्त्रालयले अपिल गरेको छ । मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम शुद्ध भएको पनि मन्त्रालयले जनाएको छ ।मन्त्रालयले मेलम्चीको पानी प्रशोधन गरेर शुुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको भन्दै पानीको गुणस्तरीयतामा शङ्का नगर्न आग्रह गरेको हो ।
पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरणको क्रममा केहीबेर पानी धमिलो आउनसक्ने भए पनि फेरि सफा र शुुद्ध पानी नै आउने मन्त्रालयको भनाइ छ ।यस्तै मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सरकारले सहजीकरण समिति गठन गरेको छ । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डौमा वितरण गर्ने सरकारको लक्ष्य छ ।
प्रतिक्रिया दिनुहोस्