ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई सुवालको सुझाव– विकास गर्न नसके राजीनामा दिनुस्


एबीसी न्यूज

काठमाडौं २ माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देश विकास नसके राजीनामा दिन सुझाव दिएका छन् । २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा मंगलबार भक्तपुरमा आयोजित जनचेतनामूलक शैक्षिक प्रदर्शनीमा उनले यस्तो बताएका हुन् ।

केही दिनअघि राजनीतिक दलका नेताहरूको बैठक राखेर प्रधानमन्त्री बनेको एक वर्ष मात्र भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्‍याएको बताएको उनले सुनाए । सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न उनले सुझाव दिए । अघिल्लो सरकारले गरेको भए पनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो ।

राणाशासन र पञ्चायतविरुद्ध लडेकाहरूले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने उनले बताए । उनले जनतालाई धोका दिएर सिंहदरबार ‘कब्जा’ गरेर नबस्न ‘चेतावनी’ दिए । नेपालका प्रधानमन्त्रीसँग देश विकासको खाका नरहेको उनले जिकिर गरे । गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले देशलाई ‘नर्क’ बनाएको उनको आरोप छ ।

“हाम्रा प्रधानमन्त्रीहरूसँग देश विकासको खाकै छैन । अस्ति प्रधानमन्त्रीले हामीसँग बैठक बोलाएर भन्नुभयो– अर्थतन्त्र मैले यस्तो बनाएको होइन, म त एक वर्ष मात्रै भयो, देशको अर्थतन्त्र ध्वस्त भयो – प्रधानमन्त्रीको भनाइ,” उनले भने, “अघिल्लो सरकारहरूले ध्वस्त भएको भए आफूले सम्हाल्ने हो नि, होइन भने राजीनामा दिएर घर बसे भइहाल्यो नि १”

सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताए । अहिलेसम्म मेलम्चीमा पानीका निम्ति ६० अर्ब खर्च भएको र अब ६० अर्ब रुपैयाँ खर्च गरे पनि काठमाडौंमा बाह्रैमास पानी नआउने उनको टिप्पणी छ ।

हेलम्बुको भूगर्भ अध्ययन गर्दा पहिरो कम गर्न नसकिने अवस्था रहेको उनले उल्लेख गरे । उनले मेलम्चीको पानी निरन्तर काठमाडौं आउने अवस्था तयार गर्न नेपालको खर्चले धान्न नसक्ने बताए । काठमाडौं उपत्यकामा जमिनमुनिको पानी निकाले पनि पुनर्भरण नगर्दा झनै विपद्का घटना बढ्ने चेतावनी उनले दिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com