ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूलीमा खसेको गाडीमा भारतीय चालक मात्रै रहेको पुष्टि, अमला लिएर आएको थियो काठमाडौँ


एबीसी न्यूज

काठमाडौं २ माघ । मंगलबार बिहान त्रिशूली नदीमा खसेको भारतीय गाडीमा चालक मात्रै रहेको खुलेको छ।  भारतबाट भैरहवाको सुनौली नाकाहुँदै बोलेरोमा अमला लिएर पुस २९ गते काठमाडौँ आएका भारतीय सवारी चालक सोमबार फर्किएका थिए।

कालीमाटीस्थित काठमाडौँ सोलुशन ट्रेडर्समा अमला छाडेर उनी सोमबार त्यहाँबाट सुनौली नाकाहुँदै भारत जान बाटो लागेका थिए। काठमाडौं सोलुशन ट्रेडर्सले दिएको जानकारी अनुसार उक्त गाडीमा चालक मात्रै थिए।

 

चालक पनि भारतीय नागरिक नै रहेको उनले बताए। ‘यो नम्बरको गाडी त हाम्रोमा सामान लिएर आएको थियो। हिजो हाम्रोमा अमला छाडेर फर्किएको थियो। त्रिशुलीमा खसेको कुरा हामीलाई त थाहै थिएन। अब बुझ्छौं’, उनले नेपालखबरसँग भने।

दुर्घटनामा परेको गाडीमा चालक मात्रै भएको खुलेसँगै मानवीय क्षति नभएको बुझिएको छ। उक्त गाडीका चालक अर्को गाडीमा नारायणघाट तर्फ लागेको घटनास्थलबाट ट्यांकर चालकले प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीले उनको खोजि गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले गाडी चालक नारायणघाटतर्फ गएको सूचनापछि खोजि भइरहेको बताए। गाडी भने गोताखोरले फेला पारेको थियो। उक्त स्थानमा मानिस फेला नपरेपछि गोताखोर भने फर्किसकेको छ।

मंगलबार बिहान ४ः४० बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन नारायणगढ सडकखण्डको ३ नम्बर पुल नजिक त्रिशुली नदीमा पानीभित्र गाडीको लाइट बलेको जस्तो छ भन्दै अपुष्ट सूचना प्रहरीलाई आएको थियो।

सूचना पाएलगतै घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिन र जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी टोली खटि गएको थियो। प्रहरी पुगेर हेर्दा उक्त स्थानमा गाडी दुर्घटना भएको पुष्टि भएको थियो।

त्यसपछि कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोरलाई खबर गरिएको थियो। गोताखोरले खोजि गर्दा नदीभित्र बीआर ०९ जीसी १४३० भारतीय नम्बर प्लेट भएको सेतो रंगको सिंगलक्याप भएको बोलेरो फेला परेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com