ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभा चुनावले नजिकिए विश्वप्रकाश-सिटौला


एबीसी न्यूज

काठमाडौं १ माघ । गृह जिल्ला झापाको राजनीतिमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको सम्बन्ध हार्दिकतामा विरलै रह्यो । २०६७ सालमा १२औं महाधिवेशनदेखि सुरु भएको तिक्तताले झापामा दुई नेताले समानान्तर गतिविधि अघि बढाए । केन्द्रमा आइपुग्दा पनि सम्बन्ध प्रगाढ रहेन ।

तर सिटौला राष्ट्रिय सभा उम्मेदवारसँगै करिब १३ वर्षको तिक्ततालाई चिर्दै दुई नेता नजिकिएका छन् । राष्ट्रिय सभाका १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ र, कांग्रेसले कोशी प्रदेशको अन्यतर्फ पूर्वमहामन्त्री सिटौलालाई उम्मेदवार बनाएको छ ।

कोशीमा सबभन्दा ठूलो दल एमाले ९४२१० मतभार० हो । ३७२२ मतभार भएको कांग्रेसलाई माओवादी ९१२७८०, एकीकृत समाजवादी ९३४५० र जसपा ९१२९० को साथ छ ।

३९४ मतभार भएको राप्रपा र एमाले मिल्दा पनि सत्ता गठबन्धन नै बलियो छ । तर कांग्रेसको गुटगत राजनीतिको प्रभाव पर्न सक्ने भएकाले सिटौलाले भेटघाट तीव्र बनाएका छन् ।

 

असहयोगको सन्देश नजाओस् भन्नेमा महामन्त्री शर्मा पनि निकै सचेत देखिएका छन् । राष्ट्रिय सभाको उम्मेदवार छनोटमा फरक मत राखेका उनले सिटौलाको हकमा भने अपवाद भनेका थिए ।

त्यसयता सार्वजनिक मञ्चहरूमा समेत उनले सिटौलाका पक्षमा निरन्तर बोल्ने गरेका छन् । ‘उहाँले शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । द्वन्द्वकालीन मुद्दा कतिपय टुंगिन बाँकी छन्’ महामन्त्री शर्माले अनलाइनखबरसँग भने, ‘शान्ति प्रक्रियाको सन्दर्भमा उहाँको क्रियाशीलता जरूरी छ ।’

तिक्ततापूर्ण विगत

कांग्रेसका अधिकांश नेता नेविसंघ वा तरुण दलको राजनीतिबाट आएका छन् । थोरै अपवादमा कृष्ण सिटौला पर्छन् । उनी झापा जिल्लाको राजनीतिबाट केन्द्रमा आए । अनि गिरिजाप्रसाद कोइरालाको विश्वास पात्रका रूपमा काम थाले । २०५७ सालमा नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा शर्मा पनि कोइराला समूहमा थिए । त्यसैले सिटौलासँग राम्रै सम्बन्ध रह्यो ।

जब, पार्टीको जिल्ला सभापति हुने आकांक्षाले विश्वप्रकाश झापा झरे, दुई नेताको सम्बन्ध बिग्रन सुरु भयो । १२औं महाधिवेशनमा झापाको सभापति हुने आकांक्षाका साथ शर्मा २०६७ सालमा जिल्ला झरेका थिए ।

तत्कालीन समयमा कांग्रेस झापाको राजनीतिमा सिटौलाको हालीमुहाली थियो । सभापतिमा प्रतिस्पर्धा गर्न आएका विश्वप्रकाशलाई अघि बढाउन सिटौलाले चाहेनन् । आफू निकट उद्धव थापालाई जिल्ला सभापति बनाउन चाहे । विश्वप्रकाशले चुनौती दिने निर्णय लिए । जिल्ला सभापतिको चुनाव त सिटौलाले चाहेका उद्धवले नै जिते, तर झापाको राजनीतिमा विश्वप्रकाशले चुनौती दिन थाले ।

२०७० को संविधानसभा निर्वाचनमा विश्वप्रकाश झापा १ र सिटौला झापा ३ मा उम्मेदवार भए । सिटौलाले चुनाव जित्दा विश्वप्रकाश पराजित भए । यसले कटुता थप बढायो । २०७२ मा १३औं महाधिवेशनबाट सिटौला सभापतिमा पराजित भए । केन्द्रीय सदस्य निर्वाचित भएका विश्वप्रकाशले सभापति शेरबहादुर देउवाको विश्वास जितेर प्रवक्ता बनेपछि केन्द्रको राजनीतिमा प्रभाव विस्तार गरे । यसले झापा जिल्लाको राजनीतिमा को बलियो हुने भन्ने प्रतिस्पर्धा तीव्र भयो ।

परिणामतः २०७४ को आम चुनावमा दुवै हारे । हारको कारण तत्कालीन एमाले र माओवादीको गठबन्धन त थियो नै, जिल्लाको राजनीतिमा भएको चर्को गुटबन्दी पनि कारण भएको झापा कांग्रेसका नेताहरू बताउँछन् । किनकि झापा १ मा विश्वप्रकाशले माओवादीका राम कार्की र सिटौलाले ३ मा राप्रपाका राजेन्द्र लिङ्देनसँग प्रतिस्पर्धा गरेका थिए । दुवै क्षेत्रमा बलियो एमालेको आफ्नै उम्मेदवार नभएको लाभ उनीहरूले उठाउन सक्थे । तर आन्तरिक कलहले त्यो अवसर गुम्यो ।

तर कटुता घटेन, २०७८ मा भएको १४औं महाधिवेशनमा दुई नेताको अझ बढ्यो । पार्टीको प्रवक्ता भइसकेका उनी देउवा समूहबाट महामन्त्री लड्न चाहन्थे । तर सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेका सिटौलाले आफ्नो समूहका प्रदीप पौडेलका लागि महामन्त्री लिए । त्यससँगै विश्वप्रकाश, देउवा समूहमा अटाउन सकेनन् । त्यसका बाबजुद विश्वप्रकाश कांग्रेसको महामन्त्री बन्न सफल भए ।

तर देउवा समूहसँग मिलेर झापा र तत्कालीन प्रदेश १ को नेतृत्व सिटौलाले आफू निकटका नेतालाई दिलाएका थिए । झापाका पाँच क्षेत्रीय सभापतिमध्ये तीन जना ९२, ३ र ४० सिटौला पक्षका छन् भने दुई ९१ र ५० का क्षेत्रीय सभापति सिटौला निकट हुन् । दुई नेताको टकराव २०७९ वैशाखमा भएको स्थानीय तहको चुनावका लागि टिकट वितरणमै देखियो ।

कांग्रेस विधानतः नगरपालिकाको टिकट बाँड्ने अधिकार प्रदेश सभापति उद्धव थापालाई थियो भने गाउँपालिकाको टिकट वितरण गर्ने अधिकार जिल्ला सभापति देउमान थेबेलाई । तीन नेता मिलेपछि झापाको अरू पालिकाको टिकटमा विश्वप्रकाशको जोर चल्ने कुरै थिएन, तर गृहनगर मेचीमै उनी संकटमा परे ।

शर्मा आफू निकट इन्द्रबहादुर बुढाथोकीलाई मेयरको उम्मेदवार बनाउन चाहन्थे । नेतृत्वले केशव पाण्डेलाई दियो । यद्यपि अन्तिम समयमा पाण्डेलाई रोकेर आफूले चाहेका बुढाथोकीलाई टिकट दिलाउन सफल भए । तर पार्टी एकताबद्ध नभएका कारण कांग्रेस पराजित भयो ।

मंसिर २०७९ को आम चुनावमा विश्वप्रकाश झापा १ र सिटौला झापा ३ मा फेरि उम्मेदवार भए । विश्वप्रकाश पहिलो पटक सांसद बन्दा सिटौला फेरि पराजित भए । त्यसपछि भने सिटौलाले बाटो फेर्ने मूड बनाए ।

कांग्रेस नेताहरूका अनुसार केही महिना पहिले नै सिटौलाले राष्ट्रिय सभामा जाने मूड बनाएका थिए । बढ्दो उमेर, जिल्ला र क्षेत्रमा घट्दो उपस्थिति लगायत कारण उनले चार वर्षपछि २०८४ मा हुने संसदीय चुनाव आफ्ना लागि प्रतिकूल हुने देखे । उनले राष्ट्रिय सभाको अध्यक्ष भएर सम्मानजनक बहिर्गमन चाहेको पार्टीका शीर्ष तहका नेताहरूलाई सुनाएका थिए ।

‘७४ वर्षको भएँ । ६ वर्ष राष्ट्रिय सभाको अध्यक्ष भएर सम्मानजनक बहिर्गमन नै मेरो लागि ठीक हुन्छ’ सिटौलाले नेताहरूलाई सुनाउने गरेका थिए । सिटौलाले इच्छा देखाएपछि विश्वप्रकाशले चुनाव हारेको व्यक्ति भरसक प्रतिस्पर्धा नगर्दा राम्रो हुने सुझाव त दिए, तर विरोध गरेनन् ।

किनकि राष्ट्रिय सभा अध्यक्ष भएपछि दलीय राजनीतिबाट अलग रहनुपर्छ । र सिटौला पार्टी राजनीतिबाट टाढा हुँदा त्यसको लाभ झापामा महामन्त्री विश्वप्रकाशले उठाउने जिल्लाका नेताहरू बताउँछन् ।

‘अहिले भूमिकाविहीन हुनुभएको कृष्ण दाइलाई एउटा उचाइमा पु¥याएर राजनीतिबाट विदा गर्दा त्यसले विश्वप्रकाशजीलाई पनि फाइदै गर्छ’ झापाका जिल्लास्तरीय नेता भन्छन्, ‘विश्वप्रकाश र सिटौलाको द्वन्द्व निवारण भइसकेपछि त्यसको प्रत्यक्ष लाभ विश्वप्रकाशलाई हुन्छ ।’

तर लामो समय सक्रिय राजनीति गरेका, अनि समूह नै चलाएर आएका सिटौला राष्ट्रिय सभाको अध्यक्ष हुनासाथ पूर्ण रूपमा पार्टी राजनीतिबाट अलग हुनेमा कतिपयको संशय छ । ‘पार्टीबाट हुने भेला र बैठक नगर्नुहोला । आफू पक्षमा रहेकालाई आश्रय दिन किन छोड्नुहुन्थ्यो र रु’ झापाका जिल्ला तहका एक नेता भन्छन् । कतिपय नेताहरू भने त पार्टीमा आफ्नो गुट कमजोर भएपछि राष्ट्रिय सभाको नेतृत्वमा पुगेर शक्ति आर्जन गर्न खोजेको अर्थ पनि लगाउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com