ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओली आजै प्रधानमन्त्री बन्ने


एबीसी न्यूज
फाल्गुन ३, २०७४ बिहीबार  ७ : ४८ बजे

काठमाडौं, ३ फागुन  ।  वाम गठबन्धन ( नेकपा एमाले र नेकपा माओवादी केन्द्र)ले सरकार गठनका लागि आज राष्ट्रपतिसमक्ष दाबी पेस गने भएका छन् ।

चुनावको परिणाम औपचारिक रुपमा सार्वजनिक भैसकेकाले अब सरकार गठनमा ढिलाई गर्न नहुने निष्कर्ष निकाल्दै दुवै दलले राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन् । वाम गठबन्धनले प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारिसकेको छ ।

संसदमा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ । एउटै दलको बहुमत नभएकाले एमाले र माओवादीले संवैधानिक प्रावधानअनुसार आफूहरुको बहुमत रहेको उल्लेद गर्दै प्रधानमन्त्रीमा नियुक्तिको आग्रहसहित ओलीको नाम पठाउन लागेका हुन् ।

दिउँसोसम्ममा राष्ट्रपतिसमक्ष नाम पठाउने एमालेले जनाएको छ । ओलीको नाम पेस भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज नै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको छ । वाम गठबन्धनसँग संसदमा झण्डै दुई तिहाई बहुमत भएकाले ओलीको नाम स्वतः अनुमोदन हुने अवस्था छ ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारको स्वरुपबारे थप निर्णय गर्ने एमाले र माओवादीको तयारी छ । निर्वाचन आयोगले हिजो बेलुकी चुनावी परिणाम बुझाएलगत्तै सरकार गठन प्रक्रिया अघि बढेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“मतपत्रबाटै अस्वीकार गरिसकेपछि पनि कारबाहीको धम्की ?” — सुरेन्द्र पाण्डे

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने चेतावनी

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com