काठमाडौं, २९ पुस । पुस । नेपाली कांग्रेसलगायतका दलहरु परित्याग गरि एक दर्जनभन्दा बढीले हालै नेपाली कांग्रेस (बीपी) प्रवेश गरेका छन् । बीपी कांग्रेसको बागमति प्रदेश, काठमाडौं क्षेत्र नं. १० मा आयोजित पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रमका अवसरमा पार्टी प्रवेश गरेकाहरुलाई नेपाल कांग्रेस (बीपी)का सभापति सुशीलमान शेरचनले स्वागत गरे ।
कार्यक्रममा बोल्दै सभापति शेरचनले हालै पुर्पक्षका लागि थुनामा पठाइएका तपस्वी रामबहादुर बमजनलाई फसाईएको र गणतन्त्र नेपालका नेताहरुले नेपालका हिन्दू, बौद्ध, मुस्लिम, इसाई र किराँत धर्मावलम्बीहरुबीच धार्मिक द्धन्द्ध सिर्जना गर्न खोजीरहेको आरोप समेत लगाए । यसैगरि उनले जनताको अर्बौ रुपैयाँ डुबेको ग्यालेक्सी फोरके टेलिभिजनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको १५ प्रतिशत शेयर रहेको भेटिसक्दा पनि सिआईबी मौन रहेकोमा आश्चर्यसमेत प्रकट गरे । उनले यस्ता विषयमा सरकार गम्भिर भएर छानविन गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्