काठमाडौं २९ पौष । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको फोटो दुरुपयोग गरेर रकम ‘असुली’को घटना सार्वजनिक भएको छ । अधिकारीको फोटो राखिएको ह्वाट्एपमार्फत राष्ट्र बैंककै एक अधिकारीसँग रकम मागेको तथ्य खुलेको हो ।
यो घटनापछि राष्ट्र बैंक नेपाल प्रहरीको साइबर ब्युरो गुहार्न पुगेको छ । ९८१४४८६४४९ मोबाइल नम्बर भएको ह्वाट्सएप आईडीमा गभर्नर अधिकारीको फोटोसहितको नाम राखेर दुरुपयोग गरिएको भन्दै राष्ट्र बैंकले सचेत रहन समेत आग्रह गरेको छ ।
अधिकारीको फोटो दुरुपयोग गरी रकम माग्नेमाथि अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी पशुपति रायले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्