ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा र राप्रपाका सांसद भन्छन् संक्रमणकालीन न्याय सहमतिबाटै अघि बढाऔँ


एबीसी न्यूज

काठमाडौं २६ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाट टुंग्याउने ठाउँमा पुगिसकेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक दलहरू सहमितको धेरै नजिक पुगिसकेको र केही विषयमा अझै छलफल गरी टुंग्याउनुपर्ने आवश्यकता रहेको औँल्याए । अप्ठ्यारो महसुस गरिएको ठाउँमा उदारता देखाएर भए पनि विधेयक टुंग्याउनुपर्नेमा उनले जोड दिए ।

“हामी धेरै नै नजिक भइसकेका छौँ । यो टुंग्याउने ठाउँमा पुगिसकेका छौँ । बाँकी जो छन्, यसमा पनि छलफल गरेर एक ठाउँमा लैजान सकिन्छ,” उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाटै टुंगो लगाउनुपर्ने बताए । उनले विधेयकलाई पार्टीगत रूपमा मात्र लिएर बुझ्न नहुने उल्लेख गरे ।

“पार्टीका सिद्धान्तहरू फरक–फरक हुन्छन्, त्यसभन्दा माथि उठेर गर्नुपर्छ । अझै पनि दुई महिना थपौँ, टुंग्याऔँ,” उनले भने । न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com