काठमाडौं २५ पौष । भुटानको सरकारी मिडिया भुटान ब्रोडकास्टिङ सर्भिसले पीडीपीले ४७ मध्ये ३० सिट जितेको जनाएको छ । अर्कोतर्फ पूर्व कर्मचारी पेमा चोबाङ्ग नेतृत्वको भुटान टेन्ड्रेल पार्टी बीटीपी १७ सिटमा सीमित भएको छ । निर्वाचन आयोगले बुधबार चुनावको अन्तिम परिणाम घोषणा गर्दैछ ।
सन् २००८ मा भुटानले राजाको प्रत्यक्ष शासन त्यागेर संसदीय लोकतान्त्रिक प्रणाली अपनाएको थियो । त्यसयता भुटानमा भएको यो चौथो चुनाव हो । तत्कालीन राजा जिग्मे सिङ्घे वाङ्गचुकले आफ्ना छोरा जिग्मे खेसर नाम्ग्याल वाङ्गचुकलाई राजगद्दी सुम्पिएपछिको यो पहिलो संसदीय निर्वाचन हो ।
पुरानो र नयाँ पार्टीबीच प्रतिस्पर्धा
करिब आठ लाख जनसंख्या रहेको भूपरिबेष्ठित मुलुक भुटानमा करिब पाँच लाख मतदाता छन् ।
राष्ट्रिय सभामा बहुमत हासिल गर्ने दलले भुटानमा सरकार बनाउँछ । भुटानमा दुई चरणमा निर्वाचन हुने गर्दछ । पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई वटा पार्टी अन्तिम चरणको निर्वाचनमा प्रतिस्पर्धा गर्दछन् ।
यसपटक पहिलो चरणको निर्वाचनमा भुटानका पाँच वटा दल प्रतिस्पर्धामा थिए । तीमध्ये तीनवटा पुराना पार्टी ड्रुक न्यामरुप त्शोग्पा डीएनटी०, ड्रुक फुएनसम त्शोग्पा डीपीटी० र पिपल्स डेमोक्रेटिक पार्टी पीडीपी० सहित नयाँ दुई दल भुटान टेन्ड्रेल पार्टी बीटीपी० र ड्रुक थुएन्ड्रेल त्शोग्पा डीटीपीटी० बीच पहिलो चरणमा प्रतिस्पर्धा भएको थियो ।
उक्त प्रतिस्पर्धाबाट पुरानो दल पिपल्स डेमोक्रेटिक पार्टी पीडीपी० र नयाँ दल भुटान टेन्ड्रेल पार्टी ९बीटीपी० अन्तिम चरणको प्रतिस्पर्धामा पुगेका थिए ।
भुटानका वर्तमान प्रधानमन्त्री लोटे छिरिङ नेतृत्वको ड्रुक न्यामरुप त्शोग्पा ९डीएनटी०लाई पछि पार्दै पूर्वप्रधानमन्त्री छिरिङ्ग तोब्गे नेतृत्वको पिपल्स डेमोक्रेटिक पार्टी पीडीपी० ले दुई तिहाइ सिट जितेर सरकार बनाउने अवसर पाएको हो । अब भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्गचुकले पूर्वप्रधानमन्त्री पीडीपीका नेता छिरिङ तोब्गेलाई नयाँ सरकार बनाउनका लागि आह्वान गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्