काठमाडौं २५ पौष । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी र आन्दोलनरत आवसीय चिकित्सकबीच आज दोस्रो चरणको वार्ता हुँदै छ । मंगलबार भएको वार्तामा सहमति नभएपछि बुधबार आज० पुनः वार्ता हुन लागेको हो ।
वार्ता काठमाडौं विश्वविद्यालय केयू०स्थित डिनको कार्यालयमा हुँदै छ । वार्ता टोलीमा अस्पताल व्यवस्थापनको तर्फबाट प्रबन्धक नारायणप्रसाद दाहाल, केपी शर्मा र लक्ष्मण अधिकारी तथा निलम्बनमा परेका चिकित्सक डा। विशद दाहाल र उनका आवासीय चिकित्सकका तर्फबाट प्रतिनिधिहरू छन् ।
मंगलबार दिनभर केएसमीमा भएको वार्ता सहमतिनजिक पुगे पनि शिक्षामन्त्रीको पत्रका कारण भाँडिएको अस्पतालका व्यवस्थापक नारायणप्रसाद दाहाल बताउँछन् । “हामी सहमितिनजिक पुगिसकेका थियौँ, मन्त्रीको पत्र प्राप्त भएपछि त्योभन्दा अघि बढ्न सकिएन”, उनले बाह्रखरीसँग भने ।
शिक्षा विज्ञान तथा प्रविधीमन्त्री अशोककुमार राईले सहकुलपतिको हैसियतले डा। दाहालमाथिको निलम्बन फिर्ता गर्न केयूलाई निर्देशन दिएका थिए । पत्रमा केयूबाट हेल्थ क्याम्प र फिल्ड भिजिटसम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र विद्यार्थीलाई स्वास्थ्य शिविरमा पठाउन निर्देशन दिइएको छ ।
शिक्षामन्त्रीको पत्रको व्यहोरा अनुसार अघि बढ्नुको साटो केएमसी सञ्चालक कंग्रेस सांसद सुनील शर्मा थप रुष्ट भएको अस्पताल प्रशासनका एक अधिकारी बताउँछन् । शर्माले डा। विशदले माफी नमागेसम्म निलम्बन फिर्ता नहुने भन्दै केयूलाई ‘सम्बन्धन खारेज गरेर देखाउन’ चुनौती दिँदै आएका छन् ।
केएमसीले पीजी दोस्रो वर्षमा अध्ययनरत आवासीय चिकित्सक डा। विशदलाई अनुशासन उल्लंघन गरेको र कर्तव्य पालना नगरेको भन्दै पुस १२ गते एक महिनाका लागि निलम्बन गरेको थियो । उनको निलम्बन नियमसंगत नभएको भन्दै केएमसीमा पीजी पहिलो र दोस्रो वर्षका आवासीय चिकित्सक आन्दोलनमा छन् ।
प्रतिक्रिया दिनुहोस्