काठमाडौं २५ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय विदेशमन्त्री एस जयशंकर आएपछि नै २० करोडको निर्णय नभएको बताएका छन् । उनले आज बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनी आउनुभन्दा २०र२५ दिन अघिकै मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको बताए ।
“उहाँ आएपछि निर्णय भएको होइन । उहाँ आउनुभन्दा २०र२५ दिन अघि कै क्याबिनेटले निर्णय गरेको थियो,” उनले भने ।
उनले पाँच करोड लिँदा राष्ट्रहितविरुद्ध नहुने २० करोड लिँदा हुने भन्ने कुरा गर्न नमिल्ने तर्क गरे ।
आजको बैठकमा एमालेका सचेतक महेश बर्तौलाले भारतसँग भएको सम्झौताको प्रति दिन माग गरेको थिए । प्रधानमन्त्रीले डकुमेन्ट लुकाउनुपर्ने अवस्था नरहेको भन्दै उलब्ध गराउने बताए ।








प्रतिक्रिया दिनुहोस्