काठमाडौं २४ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोगका पदाधिकारीबारे विशेष अदालतले गरेको फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावादेन गरेको छ।
आयोगका पदाधिकारीहरू लुम्बध्वज महत, उमेश प्रसाद ढकाल र चुडामणि शर्मा ढकालउपरको भ्रष्टाचार मुद्दामा आयोगले गरेको मागदाबी विपरित विशेषले फैसला गरेको थियो।
राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी सो मुद्दामा आयोगको निर्णय अनुसार पुस २४ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्