काठमाडौं २४ पौष । सांसद प्रदीप पौडेलले सरकार परिवर्तन हुने बित्तिकै नीति परिवर्तन हुन नहुने बताएका छन् । मंगलबारको पूर्वाधार विकास समितिमा बोल्दै पौडेलले विद्युत्को आन्तरिक खपत बढाउने गरी नीति नबनेको बताए ।
“नीति स्पष्ट हुनुपर्छ, परिवर्तन हुनु हुँदैन,” उनले भने, “नीति जतिखेर पनि परिवर्तन हुनेखालको हुनुहुँदैन ।”
उनले विद्युत् खपत र निर्यातले नेपाललाई समृद्ध बनाउने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्