काठमाडौ २३ पौष । सुनचाँदीको भाउ आज घटेको छ । गएको बिहीवारदेखि हिजोसम्म तोलाको एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज चार दिनपछि घटबढ भएको हो ।आज सुनको तोलामा सात सय रुपैयाँले घटेर एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँ घटेको छ । यसअघि तोलाको एक हजार चार सय २० रुपैयाँ रहेको चाँदी आज एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया दिनुहोस्